
झापा : संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री सुदन किरातीले तत्कालिन जनमुक्ति सेना नेपालको ब्यारेक बसेका २८ वटा स्थानलाई युद्ध पर्यटनका रुपमा विकास गरेर लैजाने बताएका छन् ।
सोमबार २८ औ जनयुद्ध दिवसरको अवशरमा झापाको शिवसताक्षी नगरपालिकास्थित पर्यटकीय क्षेत्र दोमुखामा आयोजित पूर्व जनमुक्ति सेना नेपालको पुनर्मिलन एवम् साँस्कृतिक कार्यक्रममा किराँतीले सो कुरा बताएका हुन् ।
मन्त्री किराँतीले देशमा गणतन्त्र ल्याउन जनमुक्ति सेनाले खेलेको भूमिका र छाडेको छापलाई विश्वसामु देखाउन र भावी पुस्तालाई हस्तान्तरण गर्न समेत देशको पुर्वपश्चिम राजमार्ग केन्द्रित गरेर युद्ध पर्यटनका लागि सरकारले युद्ध म्युजियम बनाउने सोंचमा रहेको बताए ।
विदेशी मुद्रा आर्जन गर्ने आम्दामीको स्रोत बनाउने तयारी रहेको बताउँदै मन्त्री किराँतीले युद्ध म्युजियमलाई संस्कृति र पर्यटनको हव बनाउन सकिने बताए । देशमा पर्यटनको अथाह सम्भावना रहेको भन्दै नेपाली मौलिकपनको पर्यटन हुनुपर्ने र यसका लागि नेपालको प्राकृतिक सम्पदा र मानव निर्मित सम्पदाबाट निर्माण हुने सम्पदा मात्रैले देशको पर्यटन व्यावसायलाई अगाडि बढाउने बताए ।
मन्त्री किराँतीले हामीले पर्यटनको विकास गर्नका लागि स्थानीय रैथाने स्वाद र सस्कृति विनको पर्यटनको परिकल्पना गर्न नसकिने भन्दै नेपालमा पर्यटन अर्थतन्त्रको मुख्य खम्बा भएको भएपनि रैथाने स्वाद र मौलिकताको संरक्षण नगरिकन यसले पर्यटनको दिगो विकासमा टेवा नदिने बताए ।
यता पर्यटन मन्त्री किरातीले देशमा जनमुक्ति सेनाले रगत नबगाएको भए अझैपनि जनताहरु रैतिकै रुपमा रहने भन्दै जनमुक्ति सेनाले देशको परिवर्तनमा खेलेको भूमिकालाई कम आक्न नहुने बताए ।

कार्यक्रममा प्रदेश सरकारका वन वातावरण तथा पर्यटन मन्त्री जीवन आचार्य, प्रदेश सांसद गिता तिम्सिना, नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी अध्यक्ष हर्क नेम्बाङ्ग मिक्सो लगायातले देशको परिवर्तनका लागि जनमुक्ति सेनाको भुमिकाकै कारण देशमा गणतन्त्र लगायातका परिवर्तन सम्भव भएको बताए ।
कार्यक्रममा लोकगायक सम्भु राई, जनसास्कृतिक प्रदिप देवान, आधुनिक देवान, बालकृष्ण गजमेर लगायातले जनवादी गित प्रस्तुत गरेका थिए । कार्यक्रममा जनवादी गायक देवानले आफ्ना चर्चित गितहरु अरुण तरेर नाना तमोर तरेरका साथमा सम्भु राईले चलेछ बतास सुस्तरी लगायातका कालजयी गितहरु प्रस्तुत गरेका थिए ।
जनयुद्ध दिवशका अवसरमा नेपाल सरकारले सार्वजनिक विदा समेत दिएको खुसीयालीमा जनमुक्ति सेना प्रदेश १ को आयोजनामा कार्यक्रम आयोजना गरेको हो ।




















































