लिम्बु चलचित्र “रीत” दमकमा बिषेश प्रर्दशन हुने

लिम्बु मौलिक चलचित्र “रीत” दमक बजारमा बिषेश प्रर्दशन हुने भएको छ ।

  टिआर सेनेहाङ  255 पटक हेरिएको

तेह्रथुम : लिम्बु मौलिक चलचित्र “रीत” दमक बजारमा बिषेश प्रर्दशन हुने भएको छ । लिम्बु जातीको संस्कार सस्कृती र जनजिविकालाई मुख्य कथावस्तु बनाईएको चलचित्र “रीत” आगामी माघ–६ गते झापाको दमक स्थित किरात भवनमा बिषेश प्रर्दशन हुने तयारी रहेको चलचित्रका निर्माता बिष्णुकुमार ईङनामले जानकारी दिनुभयो । दिनेश लिङदेन द्धारा निर्देशित उक्त लिम्बु कथानक चलचित्रमा मुख्य कलाकारको रुममा तान्छोहाङ ईङनाम,लक्ष्मी योङहाङ,बिमला खजुम,यासेली योङहाङ,दिनेश माङमु,सागर केरुङ लगायत रहेका छन् । चलचित्रको मुख्य निर्मातामा ईङनाम लगायत होमकमार लावती र आशा नेम्बाङ रहेका छन् भने सह निर्मातामा बसन्त थेवे,विक्रम पयाङगु र कविता राई लिङदेन रहेका छन् । उक्त चलचित्र नेपालको बिभिन्न जिल्ला साथै हङकङ युके लगायतका देशमा समेत प्रदर्शन हुने निर्माता ईङनामले जानकारी दिनुभयो ।

ट्रेलर हेर्नुहोस !

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार