चलायमान बन्दै पशुपतिनगर बजार

  नयाँ बुलन्द
868 Shares

इालम : भारतीय सवारीसाधनको निःशुल्क पास व्यवस्था गरेपछि पुर्वी पहाडी नाका पशुपतिनगर व्यापारिक केन्द्र चलायमान बन्दै गएको छ । निजी प्रयोजनका भारतीय नम्बर प्लेटका सवारी साधनलाई निःशुल्क सुविधा पास उपलब्ध गराउन थालेपछि भारत भएर पर्यटकहरु आवतजावत बढेको हो ।

पशुपतिनगर बजारसम्म भारतीय जीप, कार र मोटरसाइकलले ‘सुविधा पास’ दिइन थालेपछि पशुपतिनगर व्यापारिक केन्द्रमा चहलपहल बढेको हो । पशुपतिनगर व्यापारिक केन्द्रसम्म भारतीय निजी सवारीसाधन प्रवेशले बजारमा चहलपहल बढेको हो ।

सूर्योदय नगर उद्योग बाणिज्य संघको पहलमा भन्सार, सुरक्षाकर्मी, जनप्रतिनिधि र प्रशासनको बैठकले २ साता अघि भारतीय निजी सवारीसाधन सुविधा काटेर प्रवेश गर्ने दिइन निणर्य भएको थियो । भारतीय सवारीसाधन प्रवेशले पशुपतिनगरमा पर्यटक र भारतीय नागरिकहरु आउने क्रम बढेको हो ।

कोभिडको संक्रमणसँगै भएको लकडाउन यता भारतीय सवारीसाधनलाई दिएको सुविधा रोकिएको थियो । सुविधा पासमा प्रवेश दिने निणर्यपछि अहिले दैनिक २० देखि ५० वटासम्म भारतीय गाडि पशुपतिनगर बजार आउने गरेका छन् ।

पशुपतिनगरमा बिहान ८ देखि बेलुका ५ बजेसम्म चल्नेगरी भारतीय गाडी भन्सार नकाटी बजारसम्म आउने गरेका छन् । भारतीय सवारीसाधनको सहजिकरणका लागि नेपाल तर्फ हेल्थ डेक्सको पनि व्यवस्था गरिएको छ ।

सुविधा पाउने गाडीले दिनभर पशुपतिनगर बसपार्कसम्म आवतजावत गर्न पाएका छन् । भारतीय नम्बर प्लेटका निजी प्रयोजनका सवारी साधन सुविधा पासमा पशुपतिनगर बजारसम्म आउँदा बजारमा चहलपहल बढेको व्यवसायी मिलन क्षेत्रले बताउनुभयो ।

५० बर्ष भन्दा पुरानो बजार पशुपतिनगरमा भारतीय पर्यटकको भरमा चल्ने गरको छ । भारतको पर्यटकीय सहर दार्जीलिङ भ्रमणमा आउने पर्यटकको प्रथम पोइण्टका रुपमा पशुपतिनगर बजार रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार