सेवारो निप्पोन जापानको पाँचौ साधारणसभा सम्पन्न,सामाजिक सेवा क्षेत्र र रियल स्टेटमा लगानी

  युद्धबहादुर बोहोरा
700 Shares

इलामः सेवारो निप्पोन ग्रुप जापानको पाँचौ साधारणसभा आइतबार टोकियोमा सम्पन्न भएको छ ।

ओकुबोस्थित नेवा डाईनिङ सभाहलमा सम्पन्न सभामा कोषाध्यक्ष लाखध्वज मादेम्बाले संस्थाको मुनाफा ६४ लाख एक हजार ८३३ रुपैंया,जगेडा कोष सात लाख २२ हजार ४२७ रुपैंया र सदस्यता शुल्कबाट ६६ हजार रुपैंया गरी जम्मा दुई करोड ७९ लाख ४८ हजार ३९२ रुपैंयाको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

जसमध्ये दुई लाख ५० हजार ६९० रुपैया खर्चको हिसावमा कार्यालय व्यावस्थापन र सामाजिक सेवा सेवा क्षेत्र अन्तर्गत शारिरीक अपाङ्गहरूलाई राहत सहयोग खर्च विवरण सभाले सर्वसहमत पारित गरिएको अध्यक्ष भेषराज चेम्जोङले जानकारी दिए । जापानमा कार्यरत नेपालीद्वारा सामाजिक सेवा र वित्तिय क्षेत्रको सुधार गर्ने उदेश्यले सन् २०१७ मा सेवारो निप्पोन ग्रुप स्थापना गरेको यस संस्थाले नेपालमा पनि २०७७ सालमा रियल स्टेट प्रालिको रूपमा संचालन गरिरहेको छ । संस्थाको उदेश्य अनुसार मुनाफाको केही अंश दुर्गम क्षेत्रमा सामाजिक सेवासंग जोडिएर लगानी गर्दै आएको छ  । यस वर्ष पाँचथको फिदिम नगरपालिका वडा नम्बर ६ सिवास्थित श्री सिंह कालिका आधारभूत विद्यालय याक्सेरूङलाई ५० हजार रूपैया बराबरकको विद्यार्थी पोषाक र सबै कक्षाबाट हरेक विधामा उत्कृष्ट विद्यार्थीलाई प्रोत्साहन स्वरुप नगद रकमले पुरस्कृत गरिने जनाइएको छ ।

यस संस्थाले समितिका सदस्य आकाश लिम्बुलाई मार्केटिङ कोअर्डिनेटको जिम्मेवारीसहित काठमण्डौ र ललितपुरमा प्रालि अन्तर्गत घरजग्गा,घडेरी किनबेच,नापनक्सा पास,निर्माण सामग्रीहरूको बन्दोबस्त तथा निर्माण सम्बन्धीका कार्यलाई समेटेको छ । आर्थिक वर्षमा थप दुई करोड चालुपुँजीबाट रियल स्टेट कम्पनीलाई व्यवस्थित गर्ने भएको छ । सभामा पाँचथर,फाल्गुनन्द गाउँपालिका ५ नम्बर बडाका तान्छोहाङ नेम्बाङ र मोरङ,पथरी शनिश्चरे नगरपालिका  ८ नम्बर वडाका गंगा बहादुर लिम्बु शेयर सदस्य टिममा आवद्ध भएकोमा स्वागत गरिएको थियो । २४ अप्रिल,२०२२ देखि ग्रुपमा इच्छुक नयाँ शेयर सदस्यहरूको लागि आबेदन खुल्ला गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि संस्थापक अध्यक्ष देवी बहादुर ईङ्नाम र विशेष अतिथि संस्थापक निर्देशक थर्कनारायण लिम्बुले संस्थाको आन्तरिक योजना,लक्ष्य अनुसारको उपलब्धी हाँसिल गर्न सफल भएकोमा टिमलाई शुभकामनासहित धन्यवाद र प्रशंसा गरेका थिए ।

अध्यक्ष भेषराज चेम्जोङको अध्यक्षतामा सम्पन्न सभामा निर्देशक सुदिप पालुङाले स्वागत मन्तव्य राखेका थिए भने सचिव देवेन्द्र लावतीले संचालन गरेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार