इलाम २ मा मतगणना स्थगित, गणना नसक्दै ‘परिणाममा चित्त बुझ्यो’ भन्ने मुचुल्कामा हस्ताक्षर गराइयो

  नयाँ बुलन्द
4.5k Shares

इलाम : कडा प्रतिस्पर्धा देखिएको इलाम प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा अन्तिम वडाको मतगणना रोकिएको छ ।

इलाम नगरपालिकाका वडा नम्बर १ को मतगणनाको क्रममा नेपाली कांग्रेसका प्रतिनिधि मतदान अधिकृतको हस्ताक्षर नभएको ४० वटा मतपत्र भेटिएको भन्दै गणनास्थल छाडेर बाहिर निस्केपछि मतगणना रोकिएको हो ।

यहाँ एमालेका उम्मेदवार सुवासचन्द्र नेम्बाङले २९ हजार १ सय ३५ मत ल्याएर अग्रता बनाएका छन् भने कांग्रेसका डम्बरबहादुर खड्काले २९ हजार ५ मतसहित नेम्बाङलाई पछ्याइरहेका छन् । १ हजार ९ सय ९२ मत गणना हुन बाँकी छ ।

कांग्रेसका कार्यकर्ताले गणना स्थल परिसरमा नाराबाजी गरेपछि केहीबेर तनाव बढेको थियो । अहिले समस्या समाधानका लागि सर्वदलीय बैठक बस्नेत तयारी भइरहेको छ ।

यसैबीच मतगणना नसक्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेद्धार तथा प्रतिनिधिहरुलाई ‘परिणाममा चित्त बुझ्यो’ भन्ने व्यहोराको मुचुल्कामा हस्ताक्षर गराएको पाइएको छ ।

अहिले पनि मत गणना सकिएको छैन । तर दिउँसो ३ बजे नै ‘मतगणना कार्य र परिणाममा हाम्रो चित्त बुझ्यो’ भनी मुख्य निर्वाचन अधिकृतले उम्मेदवारका प्रतिनिधिलाई हस्ताक्षर गराएको पाइएको हो ।

मत परिणाम नै नआई परिणाममा चित्त बुझ्यो भन्ने व्यहोराको मुचुल्कामा हस्ताक्षर गराएको हो । हस्ताक्षर मतगणना सकिएपछि गर्नुपर्ने भएपनि अगाडी नै हस्ताक्षर गराइएको पाईएको हो ।

पहिले गणना गरिसकेपछि मात्र मुचुल्का बनाएर हस्ताक्षर गराउनुपर्नेमा गणना नसक्दै हस्ताक्षर गर्ने र गराउने काम भएकोप्रति कसको कमजोरी हो सामाजिक सञ्जालमा चर्चा चुलिएको छ । समाजिक सञ्जालमा यस्तो गराउन पाउने वा नपाउने बिषयमा चर्चा चुलिएको हो ।

यस्तो छ मुचुल्का :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार