अफिसर इञ्चार्ज मेजर भरत कनाेजियाकाे इलाम भ्रमण

  नयाँ बुलन्द
336 Shares

इलाम : पेन्सन पेइङ अफिस धरानका नवनियुक्त अफिसर इञ्चार्ज मेजर भरत कनाेजियाकाे जिल्ला सैनिक बाेर्ड इलामकाे अनुमगन तथा भ्रमण गरेका छन् । कनाेजियाले गएकाे १३ जुन २०२२ अर्थात् ३० जेष्ठ २०७९ मा इलाम भ्रमण गरेका हुन् ।

भ्रमणमा उनले इलाम, पाँचथर र झापाका भारतीय भूतपूर्व सैनिकहरुसँग भेट समेत गरेका छन् । भेटघाटमा उनले भारतीय सैनिक तथा भूतपूर्व सैनिकहरुकाे समस्यामा आफुले हमेसा समस्या सुल्झाउने वताए । भेटघाटलाई सम्बाेधन गर्दै उनले भने- “यदि तपाईहरुको समस्या भएमा निर्धक्क भन्नु हाेला म समाधान गर्छु ।”

त्यस्तै उनले हरित नगरी इलामकाे भारत लगायत विश्वमा समेत चर्चा रहेकाे समेत बताउनु भयाे । रमणीय पर्यटकीय क्षेत्र इलाम आउन पाउँदा खुशी भएकाे उनले बताउनु भयाे ।

इलाम भ्रमणमा रहेकाे बेला उनले  प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गाना र एस.पी. महेन्द्र श्रेष्ठसँग छुट्टा छुट्टै भेट गरेका थिए । भेटमा भारतीय सैनिकहरुकाे समस्या रहेमा मिलेर समाधान गर्ने अनुराेध दुवैसँग गरेकाे जानकारी समेत उनले बताए ।

भ्रमण तथा अनुगमन कार्यक्रममा भूतपूर्व सैनिक स‌ंंघ इलामका अध्यक्ष दुर्गाराज देवान, सचिव केशर बहादुर थापा लगायत भूपू सैनिकहरुकाे उपस्थिति रहेकाे थियाे ।

फाेटाे फिचर :

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार