स्वास्थ्य जोखिम निम्त्याउने विषादीयुक्त आँप बजारमा,सरोकारवाला मौन

  नयाँ बुलन्द
77 Shares

 

 

इलामः फलको राजा मानिने आँप प्राकृतिक रुपमै पाक्न अझै केही दिन कुर्नुपर्छ । तर बजारमा कार्वाइड हालेर पकाइएको आँप छ्यापछ्याप्ती पाइन्छ । विषादीयुक्त आँपले स्वास्थ्यमा गम्भीर असर गरे पनि सरोकारवाला निकायको ध्यान जान सकेको छैन ।

सिपिया, बम्बई लगायतका प्रजातिका आाप फाटफुटरुपमा पाक्न थाले पनि मालदह, कलकतिया, किसन भोगका आँप पाक्ने बेला भएको छैन । तर पनि बजारमा धेरै किसिमका आँप छ्यापछ्याप्ती पाउँन थालेको छ । पाक्ने समयभन्दा पहिले नै आँपको मूल्य बढि पाइने भएकाले व्यापारीले काँचो आँपलाई कार्वाइड हालेर बजारमा बेच्ने गरेका छन् ।

बजारमा पाइने यस्ता आँप हेर्दा पाकेको देखिए पनि स्वाद भने अमिलो नै हुन्छ । यस्ता आँप खाँदा स्वास्थ्यमा नकारात्मक असर पर्ने चिकित्सक बताउँछन् ।

जनकपुरधाम सहितका बजारमा पाइने नयाँ किसिमका यी आँप धेरैजसो भारतबाट आयात गरिएको हो । नेपालकै किसानले लगाएका आँपमा पनि व्यापारीले अखाद्य तत्ल मिसाएर बिक्री गर्ने गरेको पाइन्छ । बजारमा यस्ता आँप एक महिनादेखि बिक्री भइरहे पनि सरोकारवाला निकाय गम्भीर हुन सकेका छैनन् । बजार अनुगमनको जिम्मेवारी पाएका जिल्ला प्रशासन कार्यालय,खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय मुकदर्शक बन्दा आम उपभोक्ताको स्वास्थ्यमा खेलवाड भइरहेको छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार