देउकृष्णको निर्देशनमा फुलेन्देको आमा र बिमलाको ‘पानी कुवैको’

तेह्रथुम, ६ जेठ
फुलेन्दको आमा उर्फ उमेश राई र विमला खजुम द्धारा अभिनित ‘पानी कुवैको बोलको’ म्यूजिक भिडियो छायाङकन सकिएको छ । चारखोले शिसिर लिङदम र सुनिता थेगिमको आवाजमा रहेको उक्त गितको पुर्वी पडाडको सुन्दर जिल्ला तेह्रथुममा छायाँङकन भएको हो । जिवन शर्माको शब्द र गायक लिङदम कै संगित रहेको पुर्वेली भाकाको यस गितको भिडियो देउकृष्ण देवान लिङखा याख्खाले निर्देशन गरेका हुन् ।

भिडियो सुमन तामाङले खिचेका हुन् भने सुरेश राईको नृत्य र लोकेश थापाको श्रृंगार रहेको छ । गितको भिडियो जेठको दोश्रो हप्तामा रिलिज हुने निर्देशक देवानलको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार