फाल्गुनन्द ५ मा कांग्रेसले विरासत जोगाउन सकेन,एमालेका बिष्णु कुमार बने वडाध्यक्ष

  युद्धबहादुर बोहोरा  733 पटक हेरिएको

पाँचथर : कांग्रेसको गढ मानिएको फाल्गुनन्द गाउँपालिकाको ५ नम्बर वडामा एमालेबाट वडाध्यक्ष पदका उम्मेद्वार बिष्णुकुमार चेम्जोङ फराकिलो मतसहित निर्वाचित भएका छन् ।

गठबन्धन तर्फ कांग्रेसबाट प्रतिस्पर्धी बनेका किरण चेम्जोङ (गजेन्द्र) लाई २ सय १६ मत अन्तरले पराजित गर्दै विजयी बनेका हुन् । एमालेका चेम्जोङले ९८९ मत प्राप्त गर्दा कांग्रेसका चेम्जोङले ७७३ मत पाएका छन् । राप्रपाले पनि उम्मेद्वारी दिएको वडाध्यक्षमा २३ मत प्राप्त गरेको छ । यस वडामा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (लिम्बुवान) र नेकपा माओवादी केन्द्रसंग गरिएको गठबन्धनलाई ठूलो धक्का पुगेको छ । एमालेले भने जनता समाजवादी पार्टी ,नेपालको समर्थनमा उम्मेद्वार उठाएको थियो ।

एमालेबाट महिला सदस्य गंगा थेवे (चेम्जोङ) ले ९१२,दलित महिला सदस्य सरिता पोर्तेलले ८७८ मत र खुल्ला सदस्यमा घनेन्द्र चेम्जोङ ले ९३६ मत प्राप्त गरि निर्वाचित भएका छन् भने खुल्ला सदस्यमा अर्जुन चेम्जोङले ८०८ मत सहित गठबन्धनबाट एक जना विजयी बनेका छन् । अघिल्लो निर्वाचनमा दलित महिला सदस्य पोर्तेल मात्रै एमालेबाट निर्वाचित बनेकी थिइन् ।

यस वडाबाट पालिका अध्यक्षमा एमालेका उम्मेद्वारलाई ९०८ मत,गठबन्धनलाई ७७५ मत, लिम्बुवानलाई ९० मत, राजपाको घर चिन्हमा २० मत र राप्रपाको हलो चिन्हलाई ३२ मात्रै मत प्राप्त भएको छ । उपाध्यक्षमा एमालेमा ८८८ मत,गठबन्धनलाई ६३३ मत,राप्रपाको हलो चिन्हमा ३७ मत, राजपाको घर चिन्हमा ३ मत र लिम्बुवानको दाप सहितको खुकुरी चिन्हमा ९३ मत पाएका छन् ।

नवनिर्वाचित वडाध्यक्ष चेम्जोङ लामो समय शिक्षण पेशमा आवद्ध थिए । गतवर्ष पेशाबाट राजिनाम दिएर पार्टीको वडा सभापति बनेका उनी यस पटक फाक्तेपको इतिहाँसमा एमालेको झण्डा गाड्न सफल बनेका छन् ।

यस पालिकाको १ देखि ४ नम्वर वडासम्म एमालेको तर्फबाट खुल्ला सदस्य ४ नम्बर वडामा एक जना वाहेक गठबन्धनले सबै जित हात पारेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार