इलाम: पूर्वसचिव भीम उपाध्यायले अहिले बजारमा पैसा नभएको र नेताहरुको सिरानीमुनी खबौं पैसा लुकाएको टिप्पणी गरेका छन । उनले सामाजिक सञ्जालमा बजारमा पैसा छैन, सिरानीमुनि खर्बौँ लुकाएका छन् भनेर टिप्पणी गरेका हुन ।
उनले श्रीलंकाको हौवा फैलाएर झन ट्यांकामा भर्दै लुकाउन दुरूत्साहन गरिदैछ, भनेका छन । पैसा सिरानीबाट बैंकमा पुर्यायो भने खरबौँ पैसा जम्मा हुने उनको तर्क छ । पैसा लुकाउनेहरू यिनै हल्लाखोरहरू नै हुन् उनले थपे पुराना एक हजार र पाँच सयका नोट २ महिनाभित्र जम्मा गराउन अल्टिमेटम दिने, नभए ती नोट अवैध घोषणा हुने निर्णय सरकारले गरे पैसा फालाफाल हुने बताए । उनले सरकारले यो कदम चाले श्रीलंकालाई ऋण दिन पनि पुग्ने पैसा जम्मा हुने बिश्वास व्यक्त गरे ।
घुस कमिशन कालाधन र हुण्डीबाट पठाएको पैसा सिरानीमा नै सुतिरहेको छ उनले थपे म भए आजै निर्णय गरिदिन्थेँ । पैसा फालाफाल हुन्थ्यो, ब्याज घट्ने थियो र जताततै लगानी बढ्ने थियो । तरलता हुने थियो ।
बैदेशिक पैसा बैंक च्यानलबाट आएपछि के गर्नु तेत्रो पैसा ! उनले प्रतिप्रश्न गरे ।कालो धनको प्रयोग दलहरू र नेताहरूले चुनावमा गर्ने गरेका छन् । चुनावलाई मनि–पावरबाट मुक्त गरी शुद्ध बनाउन पनि यो काम अहिल्यै गर्न उनले सुझाव दिएका छन । उपाध्याय सामाजिक सञ्जालमा समसामयिक बिषयमा टिप्पणी गरिरहन्छन ।
सचिवबाट अवकाश पाएपछि उपाध्यायले सरकारका गतिबिधि तथा समसामयिक बिषयमा खरो आलोचना र टिप्पणी गर्दै आएका छन् । उनले नेपालमा उत्पादन हुने गाँजालाई लागूऔषधको रुपमा नभई औषधीको रुपमा प्रयोग गर्नुपर्नेमा जोड दिएका छन ।
उनले गाँजाबाट आर्युर्वेद्धिक औषधि, तेल र कागज र यसको प्रयोगबाट कपडा, व्यागहरु निर्माण गरेर स्वदेशमा मात्रै नभई बिदेशमा पनि निर्यात गर्न सकिने बताएका छन ।
उनले स्वदेशमै भएका र उपलब्ध सामाग्रीको भरपुर प्रयोग गरेर यहाँ रोजगारी, यहाँका जनतालाई स्वरोजगार, उत्पादन र अर्थसंग जोड्दै स्वनिर्भर, आत्मनिर्भर बन्नु पर्ने तथा नेपालमा दैनिक उपभोग्य बस्तुको आयात घटाई, नेपालबाट बिदेशमा हरेक सामाग्री निर्यात गर्ने बातावरण बनाउन जोड दिर्दै आएका छन । उनी तितो, खरो र स्पष्ट वक्ता पनि हुन ।-अनिरुद्रखबर डटकम