थप ३२५ मेगावाट बिजुली नेपालबाट बेच्न भारतले दियो अनुमति

  नयाँ बुलन्द
56 Shares

काठमाडौं । भारतले नेपालबाट थप ३२५ मेगावाट बिजुली बेच्न अनुमति दिएको छ । भारतले आफ्नो प्रतिस्पर्धी बजारमा बिजुली बेच्न अनुमति दिएको ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुषालले जानकारी दिइन् ।

बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत थप ३२५ मेगावाट बिजुलीलाई भारतले आफ्नो बजारमा बेच्न अनुमति दिएको जानकारी दिइन् । भारतले यसअघि ३९ मेगावाट बिजुली निर्यात गर्न स्वीकृति दिएको थियो भने नेपालले थप बिजुली किन्न भारतलाई आग्रह गर्दै आएको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग बिजुली किनबेचको विषयमा छलफल भएको थियो । सोही छलफलपछि भारतको उर्जा मन्त्रालयले नेपाल विद्युत प्राधिकरणबाट बिजुली भारतीय बजारमा बिक्री गर्ने अनुमति दिएको हो ।

अहिले नेपालले भारतबाट बिजुली किनिरहेको छ । बर्खायाममा भने नेपालबाट आवश्यकताभन्दा बढी बिजुली उत्पादन हुँदै आएको छ । सो बिजुली भारतीय बजारमा बेच्ने अनुमति भारतले दिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार