‘आन्तरिक कलहले सरकार बाहिर बस्नु परेको छ’– नेता राना

  नयाँ बुलन्द
147 Shares


इलामः नेपाल कम्युष्टि पार्टी एमालेका केन्द्रीय सदस्य तथा प्रदेश सासद रामबहादुर रानाले आफ्नै नेताहरूको आन्तरिक कलहले देशको सबै भन्दा ठूलो पार्टी सरकार बाहिर बस्नु परेको बताएका छन् । उनले प्रेस चौतारी नेपाल इलामको नवौं अधिवेसनको उद्घाटन सत्रमा बोल्दै सिद्धान्त र नीतिलाई आत्मसाथ गर्न नसक्दा पार्टी अहिले परिस्थीति सिर्जना भएको बताउँदै सासद रानाले भने ‘जे जस्तो भएपनि सकारात्मक रूपमा लिएर अगाडि बढ्नु पर्छ ।’
सासद रानाले वर्तमान सरकारले विभिन्न बहानामा आर्थिक विकासको गतिविधीलाई अवरोध पु¥याएको बताउँदै समाज रूपान्तरण गर्दै समृद्धिका लागि बिना अवरोध सबैको पहुँचको पक्षमा अगाडि बढ्नु पर्नेमा जोड दिए ।
उनले विकासको नाममा जिल्लाको जलस्रोतको उपयोग गरेपनि यसको उपभोग वा सञ्चालनको बाहिरको मान्छेको पहुँचमा नपुगेको विषयलाई बहमा ल्याउँनु पर्ने औल्याए ।
‘सञ्चारकर्मीसँग आलोचनात्म चेत हुन आवश्यक छ । सासद रानाले भने–आलोचनात्म चेतबाट आएको सूचनाले मात्र समाजमा विश्वसनीयता कायम गर्छ ।’
नेकपा एमालेका प्रदेश सदस्य तथा जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालले परमादेशी गठबन्धन सरकारले विभिन्न बहाना निर्वाचन सारेर फेरि पनि सरकारी कर्मचारी मार्फत मुलुक सञ्चालन गर्न खोजेको बताए ।
उनले सञ्चारकर्मीले खबरदारी गर्दै निश्पक्ष व्यवसायिक सञ्चार कर्म गरेर सबैलाई सूशुचित गराउँनु पर्नेमा जोड दिए ।
कार्यक्रममा एमाले जिल्ला अध्यक्ष महेश बस्नेतले विचार सिद्वान्त र नीति प्रष्ट भएर मात्र व्यवसायिक पत्रकारिता गर्न सकिने बताए । उनले प्रेस चौतारी एमाले भातृ संगठन भएकाले जानकारी गराउँदै नीति सिद्वान्त मान्नेलाई मात्र चौतारीको सदस्यता दिनुपर्नेमा जोड दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार