नीजि विद्यालयको सहभागिता विना देशको शिक्षा क्षेत्रको विकास गर्न सकिन्‍न : नेम्बाङ

  नयाँ बुलन्द
1.2k Shares

इलाम : पूर्व संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङले नीजि विद्यालयको सहभागिता विना देशको शिक्षा क्षेत्रको विकासको कल्पना पनि गर्न नसकिने बताएक छन् ।

निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) इलामको नवौं जिल्ला अधिबेशनको उद्घाटन गर्दै नेम्बाङले नीजी विद्यालयले शिक्षा क्षेत्रमा ठूलो फड्को मारेकै कारण कारण शिक्षा क्षेत्रमा विदेशमा लगानी हुने ठूलो रकमलाई जोगाएको उल्लेख गरे ।

प्याब्सनले बिगतदेखि शिक्षा सम्बन्धिका ऐन कानुनका विषयमा उठाएका मुद्धाहरु जायज रहेको जनाउँदै यस बिषयमा आफूहरुको गम्भिर ध्यानकर्षण भएको र यसको समस्या समाधानका लागि पहल गर्ने आश्वसन पनि दिए । उनले विद्यार्थीको बौद्धिक क्षमता विकाससँगै विद्यार्थीहरुभित्र लुकेर बसेका प्रतिभालाई प्रस्फुटन गराउने माध्यमको रुपमा प्याब्सन लागि पर्नुपर्ने उल्लेख गरे ।

प्याब्सनका जिल्ला अध्यक्ष विकास कर्मचार्यको अध्यक्षतामा भएको उ्घाटन सत्रमा प्रदेश सभा सदस्य राम राना, जिल्ला समन्वय समिति प्रमुख गणेश बराल, प्रमुख जिल्ला अधिकारी ध्रुबहादुर खड्का लगायतले शुभकामना ब्यक्त गरे ।

कार्यक्रममा प्याब्सन इलामको इतिहास समेटिएको स्मारिका लोकार्पण गरिएको छ । ‘प्याब्सन रिभ्यू इलाम भोल्युम वान’ नामक स्मारिकाको लोकार्पण गरिएको हो। स्मारिकामा प्याब्सन इलामको दुई दशकको इतिहास र मुख्यमुख्य उपलब्धिलाई समेटिएको छ ।

त्यसैगरी अधिवेशनमा लामो समयदेखि संस्थागत विद्यालयमा शिक्षण गर्दै आएका तीन जना शिक्षकहरु सम्मानित भएका छन् । विगत ३१ वर्षदेखि संस्थागत विद्यालयमा कार्यरत हाल ज्योतिसदन बोर्डिङ स्कूल इलामका शिक्षक सूर्य खवास, २८ वर्षदेखि संस्थागत विद्यालयमा कार्यरत हाल सूर्योदय शिक्षा सदन मंगलबारेमा कार्यरत पदम राई र २३ वर्षदेखि संस्थागत विद्यालयमा कार्यरत हाल ग्रीन भ्याली एकाडेमी इलामकी चन्द्रा प्रधान रंजितकार सम्मानित भएका हुन् । त्यस्तै उत्कृष्ट विद्यायका रुपमा माइपोखरी एकाडेमी सन्दकपुर-३ र उत्कृष्ट प्याब्सन कार्यसमितिमा देउमाई नगरकार्यसमितिलाई सम्मान गरिएको छ ।

‘शिक्षामा गतिशीलता, निरन्तरता र गणस्तरीयता, प्रविधिको उच्चतम सदुपयोग सबै विद्यालयमा हपरिहार्यता’ भन्ने मूल नाराका साथ भएको अधिवेशनमा ९३ विद्यालय प्रतिनिधि सहभागी थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार