माओवादी केन्द्र फाल्गुनन्दको अध्यक्षमा नेम्वाङ

  युद्धबहादुर बोहोरा
2.2k Shares

 

पाँचथर : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र )फाल्गुनन्द गाउँपालिका कमिटी अध्यक्षमा ईन्द्र कुमार नेम्वाङ चयन भएका छन्

आइतबार घुर्बिसे पञ्चमीमा सम्पन्न पालिका स्तरीय अधिवेशनबाट अध्यक्षमा नेम्वाङ,उपाध्यक्ष,दिलकुमार आङ्देम्वे,मचिन्द्र आङदेम्वे र धनकुमार तामाङ,सचिव सागर नेम्वाङ,सहसचिव पञ्च बहादुर चेम्जोङ र कोषाध्यक्ष टिकामाया नेम्वाङ निर्वाचित भएका छन् ।

“नयाँ क्रान्तिकारी बिचार र नयाँ क्रान्तिकारी पार्टी निर्माण गरौं” भन्ने पार्टीको केन्द्रिय मुल नारालाई आत्मसात गर्दै अधिवेशन मार्फत ५५ जना सदस्य रहेको नयाँकार्य समिति निर्माण गरेको छ ।
माओवादी केन्द्र फाल्गुनन्दका पूर्वअध्यक्ष ठाकुरसिं नेम्वाङको अध्यक्षतामा पार्टीको केन्द्रिय लेखा आयोग सदस्य नरबहादुर दुलाल(नेटवर्क) को प्रमुख आतिथ्य र विशेष अतिथि प्रदेश कमिटी सदस्य एवं प्रदेश साँसद सीता थेवे,नेता शखध्वज नेम्वाङ,पेम्बा शेर्पा लगायतका नेताहरुको उपस्थिति रहेको नेता ठाकुरसिं नेम्वाङले जानकारी दिए ।

नेम्वाङका अनुसार एक दर्जन भन्दा बढी कार्यकर्ता विभिन्न पार्टी परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उक्त कार्यक्रममा नव निर्वाचित कमिटीलाई कार्य सफलताको शुभकामना दिंदै शसक्त भएर पार्टी निर्माणमा लाग्न प्रमुख तथा विशेष अतिथिले आग्रह गरेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार