कांग्रेस अधिवेशन: मतगणना सम्पन्न नहुँदै इलाममा काँग्रेस सभापतिमा डम्बर बहादुर खड्का विजयी

  युद्धबहादुर बोहोरा
6.1k Shares

 

इलाम : मतगणना नसकिँदै नेपाली काँग्रेस इलामको सभापतिमा डम्बर बहादुर खड्का विजयी भएका छन् ।

काँङ्ग्रेसको जिल्ला अधिवेशनमा एक हजार सात सय ३२ मत खसेको थियो । जसमध्ये एक हजार छ सय मत गणना हुँदा सभापति पदमा खड्काले आठ सय ७० मत प्राप्त गरेका छन् । कूल मतदाताको बहुमत हो । खड्काले आठ सय ७० मत प्राप्त गर्दा अर्का उम्मेद्वार भेष राज आचार्यले सात सय २० मत प्राप्त गरेका छन् । अब एक सय ३२ मत गणना हुन बाँकी छ । आचार्यले लगातार एक सय३२ मत प्राप्त गर्दा पनि जम्मा आठ सय ५० मात्रै मत हुने हुँदा खड्काको जित सुनिश्चित भएको छ । खड्का नेपाली काँङ्ग्रेसका केन्द्रिय सभापति तथा प्रधानमन्त्री शेर वहादुर देउवा निकट हुन । उनी समाजसेवी युवा  नेताका नामले जिल्लामा परिचित छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार