स्वास्थ्य राज्यमन्त्री खापुङको निर्देशनमा तेह्रथुम अस्पतालमा २ डाक्टर खटिए ।

  टीआर सेनेहाङ
1.6k Shares

तेह्रथुम ,मंसिर / जिल्ला अस्पताल तेह्रथुममा कार्यरत केहि डाक्टरहरुको करार अबधी सकिए सगै जनशक्ती अभाब रहेको भन्ने गुनासो भए पछि स्वास्थ्य तथा जनसख्या राज्यमन्त्री भवानी प्रशाद खापुङलको निर्देशनमा हालै दुई जना डाक्टर जिल्ला अस्पताल तेह्रथुम आएका छन् ।स्वास्थ्य तथा जनसख्या राज्य मन्त्री खापुङलको हालै सम्पन्न जिल्ला भ्रमणका क्रममा जिल्ला अस्पतालका कर्मचारीहरुले करार अबधी सकिएका र केहि डाक्टरहरु अध्ययन बिदामामा रहेकाले उपचारमा समस्या भएको गुनासो गरे पछि स्वास्थ्य तथा जनसख्या राज्यमन्त्री खापुङलको निर्देशनमा प्रदेश सरकार मार्फत थप दुई जना डाक्टरको ब्याबस्था भएको हो ।

जिल्ला अस्पतालमा यस अघिका केहि डाक्टरहरु अध्ययन बिदा र करारअबधी सकिए पछि एक जना डाक्टरको भरमा जिल्ला अस्पताल सञ्चालन गर्नु पर्ने अबस्था आएको भन्दै स्वास्थ्य राज्य मन्त्री खापुङ समक्ष कर्मचारीले गुनासो राखे पछि मन्त्रालय पुगे लगतै प्रदेश सरकार संग समन्वय गरेर जिल्ला अस्पताल तेह्रथुमका लागि डाक्टर सन्देश राई र डाक्टर दिवाकर चौधरीलाई जिल्ला अस्पतालका लागि खटाईएको थियो । जिल्ला अस्पतालमा यस अघि डाक्टर सन्देश राई हाजिर भई सक्नुभएको र डाक्टर दिवाकर चौधरी भोली सम्ममा हाजिर हुने जिल्ला अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट अनुपम घिमिरेले बताउनु भयो ।

जिल्ला अस्पताल तेह्रथुमका लागि अब थप एमडी र एमडिजिपी डाक्टर ब्याबस्था गर्नका लागि समेत स्वास्थ्य मन्त्रालयका डाईरेक्टरलाई निर्देशन दिई सकिएकोले बढीमा २ हप्ता भित्र माग अनुसारको जनशक्ति पठाउने प्रतिबद्धता भएको स्वास्थ्य राज्य मन्त्रीको प्रमुख स्वाकीय सचिब गजेन्द्र कन्दङवाले जानकारी दिनु भयो । उहाका अनुसार जिल्ला अस्पतालमा सञ्चालनमा रहेको निकसाईमन परियोजनाको बारेमा समेत निकसाईमनका डाईरेक्टर संग छलफल गरि जिल्ला अस्पताल तेह्रथुममा सेवासुचारु गर्न निर्देशन दिएको समेत राज्य मन्त्री खापुङले निर्देशन दिनु भएको उहाको सचिबालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार