इलाममा आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार स्थापना

इलाम : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामले ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ ।

पत्रकारिताका माध्यमबाट आदिवासी जनजातिको क्षेत्रमा विशिष्ट योगदान गर्ने जिल्लाका एक आदिवासी जनजाति पत्रकारलाई हरेक वर्ष प्रदान गर्ने गरी नगद १० हजार राशीको पुरस्कार स्थापना गरिएको फोनिज इलामले जनाएको छ ।

सो पुरस्कार वितरण प्रक्रियालाई व्यवस्थित गर्न ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार छनौट तथा वितरण कार्यविधि, २०७८’ जारी गरेको छ । इलाम सदरमुकाममा सम्पन्न फोनिज इलामको बैठकले जिल्लामै पहिलोपटक त्यस्तो पुरस्कार स्थापना गर्दै कार्यविधि पारित गरेको हो । कार्यविधि अनुसार ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार कोष’ स्थापना गरि संचालन हुनेछ ।

कार्यविधिमा आदिवासी जनजाति एवम् अल्पसंख्यक/लोपोन्मुख आदिवासी जनजातिको व्यक्तिगत र सामुदायिक हक, अधिकार, पहिचान, मातृभाषा, लिपि, कला, सीप, धर्म, संस्कार र संस्कृति सम्बन्धीको समाचार, फिचर, लेख/आलेख, वहस/पैरवी गरी समग्र आदिवासी जनजातिको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउन पत्रकारिता गरेको पत्रकारलाई पुरस्कृत गरिने उल्लेख छ ।

हरेक वर्ष फोनिजको स्थापना दिवसमा पुरस्कार वितरण गरिने फोनिज इलामद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार