तेह्रथुमको म्याङ्लुङमा चिरुवा ढुङ्गा पार्कको उद्घाटन ।।

म्याङ्लुङ नगरपालिका २ मा निर्माण गरिएको चिरुवा ढुङ्गा पार्कको सनिवार उद्घाटन गरिएको छ ।

  टीआर सेनेहाङ
1.3k Shares

तेह्रथुम, १३ कार्तिक
म्याङ्लुङ नगरपालिका २ मा निर्माण गरिएको चिरुवा ढुङ्गा पार्कको सनिवार उद्घाटन गरिएको छ । वडा नम्बर २ को कार्यालय र दाताहरुको आर्थिक सहयोग निर्मित ढुङ्गा पार्कको भुतपुर्व साम्सद तेजमान तुम्बाहाङ्फेले उद्घाटन गर्नुभएको हो ।

पार्क व्यवस्थित गर्नका लागि पथरी शनिश्चरे मोरङ घर भै हाल युकेमा रहनुहुने फुलकुमारी तुम्बाहाङ्फे र उहाँका श्रीमान नैन बहादुर चोङ्बाङले ३ लाख ५० हजार आर्थिक सहयोग गर्नुभएको पार्क निर्माण कार्यका अभियान्ता पदम तुम्वाहाङ्फेले जानकारी दिनुभयो ! उहाँहरुले स्वर्गीय बाजे कृष्ण बहादुर तुम्बाहाङ्फे, स्वर्गीय बोजुहरु धनमाया कुरुम्बाङ तुम्बाहाङ्फे र साबित्रा जबेगु तुम्बाहाङ्फे, स्वर्गीय बुवा आमा देवि प्रसाद तुम्बाहाङ्फे र मंगलकुमारी लावती तुम्बाहाङ्फेको स्मृतिमा पार्क निर्माणमा आर्थिक सहयोग गर्नुभएको हो । दाता बाट प्राप्त रकमले पार्कको गोलाघर,व्यायामस्थल,खानेपानी,पिकनिक स्पोट लगायत निर्माण गरिएको पार्क निर्माणका अगुवा विश्व प्रकाश तुम्बाहाङ्फेले बताउनुभयो ।

पार्कलाई घेराबारा गर्नका लागि वडा कार्यालयले करिब साडे ४ लाख रकम बिनियोजन गरेको थियो भने चालू आर्थिक वर्षमा पनि १ लाख ५० हजार बजेट छुट्याएको वडाध्यक्ष सम्भु तुम्बाहाङ्फेले जानकारी दिनुभयो ।

स्थानीय समाजसेवी तथा वयोवृद्ध लिला बहादुर तुम्बाहाङ्फे,देवि बहादुर तुम्बाहाङ्फे,सोभित बहादुर तुम्बाहाङ्फे लगायतको उपस्तिथिमा आयोजित पार्क उद्घाटन कार्यक्रम पुर्व जिविस सभापति पृथी बहादुर तुम्बाहाङ्फेको अध्यक्षतामा सम्पन्न भएको हो । ढुङ्गे पार्कले स्थानिय पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने विश्वास लिईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार