इलाम : नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको १नम्बर प्रदेश कमिटीको संयोजकमा इलामका विद्यार्थी नेता रबिन्र्द सुबेदी चयन भएका छन ।
शनिवार सम्पन्न केन्द्रीय सचिबालयको पूर्ण बैठकबाट अनेरास्ववियूको नेतृत्व परिवर्तन सहित जिम्मेवारी हेरफेर गरिएको हो ।अनेरास्ववियु इलामका पूर्व जिल्ला अध्यक्ष समेत रहेका केन्द्रीय सचिबालय सदस्य सुबेदीलाइ बैठकले स्थाइ कमिटी सदस्य तथा प्रदेश संयोजकको जिम्मेवारी दिएको हो ।
सुबेदी जिल्ला अध्यक्ष हुदा अनेरास्ववियु इलाम जिल्ला कमिटी देशकै उत्कृष्ट जिल्ला कमिटी घोषणा समेत भएको थियो । सन्दकपुरमा भारतले मिचेको भुभाग लडेरै फिर्ता ल्याउने,नेपाली भुभाग मिचिएको बिषयमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदिलाइ पत्र पठाउने,जिल्लाका ७५ वटै माबि स्कुलका बिधार्थी सहभागी गराएर रत्नकुमार बान्तबा स्मृति फुटबल खेलाउने लगायतका दिर्गकालीन महत्त्वको काम सुबेदीको नेतृत्वमा भएका छन । २०५९ देखि बिधार्थी राजनितीमा कृयासिल सुवेदी लोकपृय युवा नेताका रूपमा मानिन्छन् ।



















































