नेपाल भारतीय कोइलाको सर्वाधिक ठूलो बजार, एक वर्षमै भित्रियो ८ लाख टन कोइला

  नयाँ बुलन्द  131 पटक हेरिएको

नयाँ दिल्ली : भारतले चालू आर्थिक वर्षमा नेपाललगायत छिमेकी देशमा ८ लाख टन कोइला निर्यात गरेको छ । निर्यात गरिएको कूल परिणाममध्य सबैभन्दा बढी अर्थात ७७ दशमलब २० प्रतिशत नेपाल भित्रिएको छ ।

भारतको कोइला मन्त्रालयको तथ्यांकअनुसार नेपालपछि वंगलादेशमा धेरै कोइला निर्यात भएको छ । वंगलादेशमा कूल परिणामको १३ दशमलब ४ प्रतिशत निर्यात भएको तथ्यांकमा उल्लेख छ ।

उत्पादनभन्दा माग बढी भएकोले आपूर्तिमा कठिनाई भएको मन्त्रालयले जनाएको छ । ‘माग बमोजिम आपूर्तिमा कठिनाई भए पनि भारतले आर्थिक वर्ष ०२०÷०२१ मा आफ्ना छिमेकी मुलुकमा गुणस्तीय कोइला निर्यात गरेको छ ,’ मन्त्रालयले भनेको छ ।

प्रर्याप्त कोइला खानीका बाबजुद उत्पादित कोइलाले माग धान्न कठिनाइ भएको मन्त्रालयले जनाएको छ । भारतले उच्च गुणस्तरको कोइला आपूर्ति सिमित भएको पनि स्वीकारेको छ । माग र आपूर्ति संतुलित पार्न तथा गुणस्तीय कोइला उत्पादन गर्न अन्य मुलुकबाट खरानी कम भएको कोइला आयात गर्नुपर्नेमा मन्त्रालयले जोड दिएको छ । भारतले विभिन्न देशबाट कच्चा कोइला आयात गर्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार