पर्यटकको पर्खाइमा इलाम


इलाम : कोरोना कहरका कारण सुस्ताएको पर्यटकीय क्षेत्रलाई पुरानै लयमा फर्काउन इलामेलीहरु जुरर्मुराउन थालेका छन् । इलामका आशलाग्दा पर्यटकीय क्षेत्रहरु बिस्तारै ओझेलमा पर्न थालेपछि यहाँका स्थानीय बासिन्दा आफै संरक्षणमा जुटेका हुन् । स्थानीय बासिन्दाको पहलमा देउमाइको प्राकृतिक पोखरीको संरक्षण गरीएको छ भने भने रोङ्गको आहाल डाँडापनि पर्यटकको पर्खाइमा रहेको छ ।

पोखरी संरक्षणका लागि रोपिएका बहुमूल्य बिरूवा हुर्किन थालेपछि देउमाइ नगरपालिकाको जितपुरमा रहेको झ्याँउ पोखरीमा अहिले पानीको सञ्चयको तह बढ्न थालेको छ । छ कुना रहेको पोखरी हेर्न र घुम्न आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । यो पोखरीको प्रत्येक कुनाबाट पर्यटकले फरक दृष्य र अनुभूति गर्न सक्ने छन् ।

आन्तरिक पर्यटकलाई लोभ्याएको यो पोखरीमा प्रकृतिसँग लुकामारी खेल्दै, फोटो खिच्नेको तछाडमछान देख्न सकीन्छ । धार्मिक आस्थाको दृष्टिकोणबाट महत्वपूर्ण रहेको यो पोखरीमा फोहोरमैला बढ्दै गएको र चरणमा परिणत हुन थालेपछि स्थानीयबासिन्दा आफै पर्यटकीय क्षेत्रको संरक्षणमा जुटेको देउमाई नगरपालिका वार्ड नम्बर ९ का अध्यक्ष प्रेमसागर बरालका भनाई छ ।

उता रोङ्ग गाउँपालिकामा रहेको पर्यटकीय, ऐतिहासिक र पौराणीक इतिहास बोकेको आहाल डाँडाको संरक्षण र प्रर्वद्धनमा पनि स्थानियबासीन्दा आफै जुटेका छन् । एकहजार बर्ष पुरानो इतिहाँस बोकेको बरको रुख र सँगै रहेको पोखरी जोगाउन स्थानियको संकृयता बढ्दै गएको हो । लामो लकडाउनका कारण सुस्ताएको पर्यटन क्षेत्रलाई गति दिन र आन्तरिक पर्यटक भित्र्याउने लक्ष्यले संरक्षणमा जुटेको स्थानीय राजन चाम्लिङको भनाइ छ ।

आहाल डाँडाबाट झापा, मोरङसहित भारतको दार्जेलिङ, मिरिक, सिलिगुडीलगायतका ठाउँको अवलोकन गर्न सकिन्छ । तर, पछिल्लो समय पोखरीममा पानी सुक्दै गएकाले पोखरीको पुन निर्माण थालिएको हो । यसरी प्राकृतिक महत्व बोकेका पर्यटकीय क्षेत्रहरुलाई संरक्षण गरेर प्रचारप्रसार गर्न सके आन्तरिक र बाह्य पर्यटक भित्र्याउन सकिने थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार