दाउले घाँटीमा प्रहर गरी श्रीमतीको हत्या

  नयाँ बुलन्द  131 पटक हेरिएको

इलाम। देउमाई नगरपालिकाका वडा नं. ४ चित्रेका एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । घरायसी विवादका कारण झगडा हुँदा ४५ वर्षीय ताकबहादुर तामाङ्गले ४६ वर्षीया श्रीमती सुर्जामाया तामाङको शुक्रबार विहान साढे आठ बजे हत्या गरेको प्रहरीले जनाएको छ ।

तामाङले श्रीमतीको दाउ (बाम्फोक) ले घाँटी काटेर हत्या गरेको प्रहरी नायव निरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।

भोजपुरको साविक ओख्रे ४ घर भएका तामाङ देउमाई नगरपालिका वडा नं. ४ तुलसीराम आचार्यको घरमा एक वर्षदेखि डेरा गरेर बस्दै आएका थिए ।
घटना लगत्तै प्रहरीले उनलाई पक्राउ गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार