नेपालको राजनीति प्रतिगामी र अग्रगामी बीचको द्वन्द्वमा फस्दै : नेता उपेन्द्र यादव

  युद्धबहादुर बोहोरा
301 Shares

 

फाइल तस्वीर

पाँचथर : जनता समाजवादी पार्टी,नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको राजनीति अहिले प्रतिगामी र अग्रगामी बीचको द्वन्द्वमा फसेको आरोप लगाएका छन् ।

जसपा,लिम्बूवान राष्ट्रिय समितिले आयोजना गरेको समसामयिक राजनीति बारे अन्तरक्रियात्मक छलफलमा प्रमुख अतिथि यादवले जुम प्रविधिमा जोडिएर मंगलबार सो कुरा बताएका हुन् ।
वर्तमान राजनीति अवस्था बारे जानकारी दिदै उनले भने,
“विगतको नाकाबन्दी र चुच्चे नक्साबाट राष्ट्रवादी बनेका प्रधानमन्त्री केपी शर्मा ओली अहिले एकाएक प्रतिगमनको बाटोमा हिंड्न् थालेका छन् ।”

पटकपटक असंवैधानिक कदम चाल्दै निरंकुशताको शैलीमा उनले स्वेच्छाचारी निर्णयबाट संसद विघटन गर्दै संविधानका सबै धारा र उपधाराहरु चाहार्दै अध्यादेश मार्फत सत्ता टिकाउने दाउमा रहेको बताए । संघीय लोकतान्त्रिक गणतन्त्रलाई धरापमा पार्ने प्रपञ्चमा लागेको आरोप लगाएका छन् ।
उनले चालेको कदमबाट जनताको संघर्षबाट प्राप्त उपलब्धि संघीयता,धर्म निरपेक्षता,समावेशीता,मौलिक हक गुम्ने खतरा रहेको दावी गरेका छन् ।
हालसम्म प्राप्त उपलब्धिलाई संस्थागत र रक्षा गर्दै वर्तमान संविधानको जगमा टेकेर थप परिवर्तन र उपलब्धि हाँसिल गर्नुपर्ने बेलामा उल्टै प्रतिगामी कदमको मतियार बनेका जसपाका चार नेतालाई पार्टीबाट निष्कासन गरिएको बताए ।

संसदमा नागरिकता विधेयक विचाराधीन अवस्थामा भएको बेला अध्यादेश मार्फत नागरिकता विधेयक ल्याइ केही मधेसवादी नेतालाई ललिपप देखाएर सत्ता लम्ब्याउने र संविधानको अपहेना गरेका कारण असंवैधानिक कदमलाई परास्त गर्न अहिले अग्रगामी विचार मिल्ने दल र नेतासंग मोर्चाबन्दीमा लागेको उनको भनाइ छ ।

दुई घण्टा सम्म चलेको उक्त जुम प्रविधिको बैठकमा कार्यकर्ताको प्रश्न,सुझाव,सल्लाहको जवाफ दिंदै मिडिया क्षेत्र र भातृ संगठनले उठाएको जिज्ञासा प्रति पार्टी संवेदनसिल रहेको र आगामी दिनमा थप मजबुत बनाउँदै लैजाने बताए ।

यसैबीच,विशेष अतिथी केन्द्रिय कार्यकारिणी सदस्य रकम चेम्जोङले पनि पार्टीको वर्तमान कदम र कार्याकर्ताको प्रश्नहरुको जवाफ दिएको केन्द्रिय सदस्य जेन्टल लावतीले जानकारी दिए ।

पार्टीका केन्द्रिय सदस्य तथा लिम्बुवान राष्ट्रिय समिति अध्यक्ष खगेन्द्र माखिमको अध्यक्षतामा सम्पन्न उक्त छलफलमा
केन्द्रिय कार्यकारिणी सदस्य सुशीला श्रेष्ठ,सल्लाहकार डा. महेन्द्र लावती,नर प्रसाद लुङ्फुङ्वा,केन्द्रिय सदस्य प्रेमराज लावती,एविराज आङ्देम्बे,पाँचथर जिल्ला अध्यक्ष लक्ष्मण लावती लागायत अमेरिक,दक्षिण कोरिया,युकेबाट एक सय जनाको सहभागीता थियो ।
लिम्बुवान राष्ट्रिय समितिको मुख्य सचिव केदार धिमाल र
सचिवालय सदस्य सन्जय राईले कार्यक्रम संचालन गरेको केन्द्रिय सदस्य लावतीले जनाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार