इलामको माङसेबुङ गाउँपालिकामा आफ्नै एम्बुलेन्स सेवा

  बालकृष्ण बस्‍नेत
2k Shares

इलाम : इलामको माङसेबुङ गाउँपालिकाले अब आफ्नै एम्बुलेन्स मार्फत जनतालाई सेवा दिने भएको छ ।

नेपाल भारतमैत्री विकास साझेदारी कार्यक्रम अन्तरगत भारतीय दुतावासले उपहार स्वरुप गाउँपालिकालाई एम्बुलेन्स उपलब्ध गराएपछि गाउँपालिकामा एम्बुलेन्स सेवा सञ्चालनमा ल्याउन लागेको हो ।

भारतीय राजदुत विनय मोहन क्वात्राले सो एम्बुलेन्सको साँचो गत ९ बैसाखमा माङसेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्गोलाई हस्तान्तरण गरेका थिए ।

एम्बुलेन्स माङसेबुङ गाउँपालिकाको नाममा नामसरी समेत भइसकेको छ । प्रदेश नम्बर १ ०१००१ झ २२५ नम्बर कायम भएको छ ।

गाउँपालिका अध्यक्ष इदिङ्गोले एम्बुलेन्स संचालन सम्बन्धी कार्यविधि बनाएर गाउँपालिका आँफैले सहुलियत दरमा सञ्चालन गर्ने बताए ।

‘अब आफ्नै एम्बुलेन्स भएपछि गर्भवती महिला, जेष्ठ नागरिक  अपाङ्गता भएका व्यक्तिहरुलाई नि:शुल्क सेवा दिन्छौं । अन्यको हकमा समेत जिल्ला दररेटभन्दा सहुलियतमा सेवा दिन्छौँ’ अध्यक्ष इदिङ्गोले भने, ‘हामी माङसेबुङबासीसँगै छिमेकी फाकफोकथुम र चुलाचुली गाउँपालिकाका बिरामीलाई समेत सेवा दिनेछौं ।’

अध्यक्ष इदिङ्गोले कोही बिरामी पर्दा एम्बुलेन्सको खोजीमा घण्टौ समय खर्चिनुपर्ने बाध्यता समेत अन्त्य भएको बताए ।

६ वटा वडा रहेको माङसेबुङमा यसअघि कोही बिरामी पर्दा अस्पतालसम्म लैजान इलामको मंगलबारे, झापाको दमक, पाँचथरको रविबाट एम्बुलेन्स लिन जानुपर्ने बाध्यता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार