
फिदिम : सदरमुकाम फिदिम बजार बाट नजिकमा रहेको धार्मिक तथा पयर्टकिय महत्व बोकेको थाक्ले पर्यटकको रोजाईमा परेको छ । धामिक तथा पर्यटकीय क्षेत्रको रुपमा परिचित थाक्ले मन्दिर पछिल्लो समय आन्तरीक पर्यटकका रोजाइमा परेको हो ।
फिदिम बजारक्षेत्रबाट कालोपत्रे सडकको प्रयोग गरेर सात किलोमिटरको दुरिमा पुगिने थाक्ले मन्दिर यतिबेला युगल जोडिहरुका लागि समेत हनिमुन मनाउनका लागि प्रमुख गन्तब्य बन्दै गएको हो । यतिमात्र होइन दैनिक काममा ब्यस्त रहने मानिसका लागि समेत यो ठाउँ मन भुलाउने स्थान बनेको छ यतिबेला ।
अग्लो डाडो बाट देखिने छिमेकी जिल्ला तेह्रथुमका विभिन्न भुभागका मरोरम दृश्य सहित पाँचथर र तेह्रथुमको सिमाना बाट सुसाउदै गरेको तमोर नदि अनि त्यहाँ बाट बहने चिसो हावाको सितलतामा रमाउन मात्र होइन धामिक आस्थाको केन्द्र भएकाले पनि थाक्ले पुग्ने गरेको पर्यटकहरुको भनाई छ ।
शनिबारको थाल्के रमाईलो गर्न पुगेकी फिदिम २ साम्दिनकी सम्झना लिम्बूले भनिन् ‘एक हप्ता काममा व्यस्त रहेर शनिबार मुड फ्रेस गर्न ,साथिभाईसङ्ग रमाईलो गर्न आएका हौँ , यो ठाउँ जिल्लाकै एक प्रमुख पर्यटकिय गन्तब्य बन्नेमा दुईमत छैन तर आवश्य भौतिक पुर्बाधारको बिकासमा भने ध्यान पुराउन जरुर छ ।’
उनीहरु सात जना साथिहरु मिलेर रमाईलो गर्दै आफैले घरमा बनाएको परिकार लिएर घुम्न आएका थिए । साथीहरू सङ्ग घुमघाम गर्ने मन्दिरमा दर्शन गर्ने साथै गुफाको दर्शन गर्न पाउदा रमाईलो भएको उनिहरुको भनाई छ ।
धार्मिक रुपमा समेत परिचित उक्त स्थानमा दुईवटा देविको मन्दिर रहेको छ भने एउटा ऐतिहासिक गुफा समेत रहेको छ ।
ठुला ठुला ढुङ्गामा कुधिएका देवि, पार्वति, गणेश, फाल्गुनन्द लगायतको मुर्ति यहाको आकर्षण रहेको छ । यो ठाउँमा पछिल्लो समय बिबाहमा बन्धनमा बाधिनेहरु बैबाहिक कार्यक्रम गर्नेको लर्को नै लाग्ने गरेका छन ।
थाक्ले सामुदायिक वन परिसरमा पर्ने उक्त स्थानमा दैनिक सयौको संख्यामा आन्तरिक पर्यटकहरु आउने गरेका छन । अन्य दिन भन्दा शनिबार, सोमबार र बिदाको दिनमा पर्यटकहरु बडि जाने गरेका हुन ।
थाक्लेलाई जिल्लाको एक प्रमुख पर्यटकीय स्थानको रुपमा स्थापित गर्ने सकेको खण्डमा स्थानियको आयश्रोतमा वृद्धि हुनका साथै रोजगारीको सृजना हुनेमात्र होइन जिल्लालाई चिनाउने एक गतिलो माध्यम समेत बन्नेमा दुईमत छैन तर प्रचारप्रसार साथै भौतिक पुर्बाधार निर्माणमा भने फिदिम नगरपालिकाको बेलैमा ध्यानजान जरुर देखिन्छ ।


















































