सालीको विवाहमा भेनाद्वारा १० लाखको विमा उपहार !

  नयाँ बुलन्द
1.6k Shares


इलाम : विवाह ब्रतबन्ध, जन्मदिन पास्नी लगायतका शुभ कार्यमा आफन्तलाई उपहार दिइने चलन बषौँदेखी चल्दै आएको छ । समय अनुसार उपहार पनि परिवर्तन हुँदै गएको छ । पहिला बिभिन्न कारण दैनिक घरमा आवश्यक सामाग्री उपहार दिइन्थ्यो । क्रमश बिलासीका वस्तु समेत उपहार दिइने चलन चल्दै हाल जिवनकै अमुल्य उपहारका रुपमा बिमा पोलिसी दिइने चलन बढ्दै गएको छ ।

महालक्ष्मी लाइफ इन्स्योरेन्स बिर्तामोड शाखाका बरिष्ठ एजेन्सी मेनेजर ज्ञानबहादुर कुँवरले भर्खरै आफ्नी सालीलाई १० लाखको बिमा पोलिसी उपहार दिएका छन् । झापा बिर्तामोड निवासी कुँवरले साली रुपा सुवेदीदाई बचत र सुरक्षाका लागि महत्वपुर्ण भएकाले बिमा पोलिसी हस्तान्तरण गरेको बताए । उनले भने ‘गाग्रो र परम्परागत उपहार भन्दा पनि बर्षौसम्म उपयोग र सम्झना होस् भन्ने हेतु ले पोलिसी दिएको हुँ । पछिल्लो समय विवाह व्रतवन्ध, पास्नी, वैवाहिक बर्षगाँठको अवसरमा दिइने उपहारको प्रकार परिवर्तन भएसँगै आफुले पनि सो उपहार दिएको बनले बताए । आजकल ओइलाएर जाने फुलको बुकी होइन जीवन नै हराबरा बनाउने बीमा पोलिसीउपहार दिनु आवश्यक छ’ कुँवरले भने ।

यो नौलो र उपहार भएपनि पछिल्लो समय यस्तो क्रम बढ्दै गएको महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीका क्षेत्रीय उपप्रवन्धक गुञ्जन थापाले बताए । कुँवरद्धारा उपहार स्वरुप महालक्ष्मी साबधिक बीमा पोलिसी वापत रु १० लाख रुपैयाँ बराबरको बीमा पोलिसी उपहार दिएको कम्पनीले जनाएको छ ।

जसरी विवाहलाई जिवनको एउटा कर्म मानिन्छ उसैगरि बिमालाई समेत बुझ्नु पर्ने मान्यता स्वरुप सो पोलिसी हस्तान्तरण गरिएको बरिष्ठ एजेन्सी मेनेजर कुँवर बताउँछन् । जिवनका यस्ता महत्वपुर्ण शुभ कार्यमा जिवन बिमा नै एक सहि उपहार साबित होस भनेर अभियान नै सञ्चालन हुनु पर्ने उनको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार