पाचथरमा पाँचवटा कृति एकैदिनमा लोकार्पण

  नयाँ बुलन्द
217 Shares

पाचथर : पाचथर जिल्लाको सदरमुकाम फिदिममा आज भएको नेपाल प्रज्ञाप्रतिष्ठानर र नौलो साहित्यिक बिहान समाज नेपालको सहकार्यमा आयोजित पाचथर वाङमय सङगोष्ठीमा पाँचवटा कृति लोकार्पण गरिएको छ ।

डिएम कन्दङवाको प्रेम यसरी टुक्रिन्छ, रामप्रकाश समथिङ्को कथा संग्रह लुङा माइली, सन्देश सुब्बाको गजल संग्रह सम्झनाको आधी, मलिसा याक्थुङ्बाको लिम्बू भाषामा केयुक्ना नु आयुक्ना र रबिमान लम्जेलको गाउँ भित्रको कथा एकाङ्की लोकार्पण भएका थिए । स्थानीय साहित्यिक संघ सस्थाहरु सङ्ग समन्वय गर्दै आयोजना भएको सो कार्यक्रममा मिना राई र मलिसा याक्थुङ्बा साहित्यिक श्रष्टाहरुलाइ नौलो साहित्यिक बिहान समाजले नगद पाँच हजारको दरले पुरस्कृत गरि प्रमाणपत्र द्वारा सम्मान गरिएको थियो ।

कार्यक्रमको बिचमा सङ्गिनी नाच सङ्गै मधु केरुङ द्वारा के:साम ( च्याब्रुङ ) सम्बन्धि र सरस्वती दुमि राइले पाचथरमा कविताको योगदान साथै किरात जीवन दर्शन बारे लक्षामी शेर्मा पापोले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । प्रज्ञाप्रतिष्ठानका सदस्य सचीव तथा दर्शन शास्त्र बिभाग प्रमुख प्राज्ञ जगत प्रसाद उपाध्याय यसरी नै बिभागिय प्रमुख प्राज्ञ परिषद सदस्य तथा साहित्यिक पद्य काव्य बिभाग प्रमुख प्राडा हेमनाथ पौडेल बाल साहित्य प्रमुख देवी नेपालको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकाल र फिदिम नगरपालिका प्रमुख ओनाहाङ नेम्बाङ साथै जिल्ला समन्वय समिती अध्यक्ष बिष्णु प्रसाद सापकोटा लगायत नौलो साहित्यिक बिहान समाज नेपालका महासचिव प्रेम ओझा लगायतले शुभकामना मन्तव्य राखेका थिए । उक्त साहित्यिक कार्यक्रममा विभिन्न बिधाका रचनाहरु बाचन गरिएको थियो भने नौलो साहित्यिक बिहान समाज नेपालका अध्यक्ष राम प्रसाद उपाध्यायको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार