लागू औषधसहित इलामबाट चार जना पक्राउ

वन मुद्धाका ३ सहित पाँचजना फरार अभियुक्त प्रहरी नियन्त्रणमा

इलाम : लागुऔषध सेवन गरीरहेको अवस्थामा इलाम सदरमुकामबाट चारजना युवा लागुऔषध सहित पक्राउ परेका छन् ।

इलाम नगरपालिका ७ फुलगाछीमा डेरा गरी बस्ने पाँचथरका एकजना सहित चारजना पक्राउ परेका हुन् पक्राउ परेका ब्यक्तिबाट ब्राउन सुगर जस्तो देखि पदार्थ ७ सय ५० मिलिग्राम, लागु औषध सेवन गर्न प्रयोग गर्ने ढुङ्ग्रा सहित अन्य सामाग्रीहरु बरामद गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा इलाम सुर्योदय नगरपालिका १० का २३ वर्षीय दियोग राई, देउमाई नगरपालिका ४ का १८ वर्षीय प्रवेश तिरुवा बिक, इलाम नगरपालिका ५ का ३५ बर्षीय योगेश राई र पाँचथर जिल्ला स्थित फिदिम नगरपालिका १० का २३ वर्षीय अनिल लिम्बु रहेका छन् ।

पक्राउ परेका सबैमाथि आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । बिशेष सुराकीको आधारमा प्रहरीले उनीहरुको कोठामा छापा मार्दा उनीहरु लागूऔषध सेवन गरीरहेको अवस्थामा फेला परेको कोठाबाट लागूऔषध समेत बरामद गरेको प्रहरीले जनाएको छ ।

यता विभिन्न अपराधमा संलग्न रहेर अदालतबाट दोषि ठहर गरेपछि फरार रहेका अभियुक्तलाई पक्राउ गर्ने अभियानमा इलाम प्रहरी सक्रिय ढंगले लागेको छ । बिगत केहीबर्षदेखि फरार अभियुक्त पक्राउ अभियानमा खटिएको प्रहरीलाई सफलता पनि मिल्दै आएको छ ।

यसैक्रममा प्रहरीले वन मुद्धाका ३ सहित पाँचजना फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बवन मुद्धा अन्तर्गत चुलाचुली गाउँपालिकाका ४ का ३९ बर्षिय कुमार विश्वकर्मा, २८ बर्षिय उदय बहादुर लिम्बु र ५२ बर्षिय राजकुमार लिम्बु रहेका छन् ।

उनीहरुलाई इलाम जिल्ला अदालतले २०७५ साल जेठमा जनही १ लाख ५१ ह्जार ७ सय ५० रुपैंयाँका दरले जरीवानाको फैसला सुनाएको थियो । यसैगरी चोरी मुद्धामा अदालतको फैसलापछि फरार रहेका इलामनगरपालिका ३ पुवामझुवाका ५० बर्षिय भक्त बहादुर राई र डाका तथा आगजनी मुद्धाका सुर्योदन नगरपालिका १२ का ३७ बर्षिय तलाक्पा शेर्पालाई पनि पक्राउ गरेको छ ।

राईलाई १ महिना कैद सजाय र १ लाख ९ हजार ३४७ रुपैंयाँ रुपैयाँ जरीवाना तिराउने फैसला सुनाएको थियो भने शेर्पालाई ६ महिनाको कैद सजाय सुनाएको छ ।

पक्राउ परेका सबैलाई अदालतमा उपस्थित गराई आवश्यक कैद सजाय भुक्तानका लागि इलाम कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । जरीवाना तिराउने गरीको सजाय सुनाइएका बन मुद्धाका तीनजना जरीवाना तिर्न नसकेपछि जेल चलान गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार