जसपा फाल्गुनन्द वडास्तरको नेतृत्वमा विमला आङ्देम्वे चयन

 

पाँचथर : फाल्गुनन्द गाउँपालिका १ नवमीडाँडा (अम्लावुड)मा जनता समावादी पार्टीको वडास्तरीय समितिमा विमला आङ्देम्वे नेम्वाङको नेतृत्वमा २१ सदस्यीय कमिटी गठन भएको छ ।

साँस्कृतिक कार्यक्रम सहित भव्यरूपमा सम्पन्न भएको कार्यक्रममा नेपाली काँग्रेस,नेकपा र संघीय लिम्वुवान मञ्चवाट एक सय ३५ जना पार्टी प्रवेश गरेको थिए ।

पार्टीका केन्द्रीय सदस्य तथा लिम्बुवान राष्ट्रिय समिति अध्यक्ष खगेन्द्र माखिम,केन्द्रीय सदस्य तथा पाँचथर जिल्ला पार्टी ईन्चार्ज दीपेन्द्र कुमार आडदेम्बे लेखा परीक्षण समिति डीएम आङ्देम्बे, केन्द्रीय परिषद सदस्य मलिसा याक्थुडम्वाको उपस्थिति रहेकोे थियो ।

प्रदेश सदस्यद्वय एवीराज आङ्देम्बे र सर्मिला आडदेम्बे, लिम्वुवान राष्ट्रिय समिति सदस्यहरूमा वुद्ध इङवा, तिलकराम आडदेम्बे, टीका नेम्वाड, जिल्ला अध्यक्ष लक्ष्मण लावती, सचिव कमल नेम्वाड र कोषाध्यक्ष भावना इङ्वाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

आड्देम्बे वंसावली लेखक अम्बिका आडदेम्बे र संघीय लिम्बुवान मन्चका गाँउपालिका सचिव नरेन्द्र नेम्बाङ लगायतले पार्टी प्रवेश गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार