रेडियो नेपालवाणी एफएम संचालक समितिका अध्यक्षमा पाण्डे

इलाम : शान्ति सञ्चार सहकारी संस्था र इलाम सामुदायिक सञ्चार केन्द्रद्धारा संचालित रेडियो नेपालवाणी एफएम इलामको नयाँ सञ्चालक समिति चयन भएको छ ।

सोमबार सम्पन्न संस्थाको १३ औं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनले सर्बसम्मत रुपमा लक्ष्मण पाण्डेको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा लिलाप्रसाद थापा, सचिवमा अर्जुन पोख्रेल र कोषाध्यक्षमा रीता अधिकारी सुबेदीलाई चयन गरेको छ ।

यस्तै सदस्यहरुमा डिल्लि खनाल, बिष्णु मिश्र, हरि सुबेदी, प्रकाश कडरीयाँ, हेमन्त गौतम, बबिता लिङदम र तीर्थ निरौला रहेका छन् । यसैगरी गोपाल पौडयालको संयोजकत्वमा तीन सदस्यीय लेखा समित चयन गरेको छ । जसको सदस्यहरुमा कृष्ण बस्नेत र सरस्वती श्रेष्ठ रहेका छन् ।

रेडियो नेपालवाणी एफएम इलामको १३ औं वार्षिक साधारणसभा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार