इलाम : शान्ति सञ्चार सहकारी संस्था र इलाम सामुदायिक सञ्चार केन्द्रद्धारा संचालित रेडियो नेपालवाणी एफएम इलामको १३ औं वार्षिक साधारण सभा तथा चौथो अधिवेशन सदरमुकाममा सोमबार सम्पन्न भएको छ ।
सभाको उद्घाटन संस्था र रेडियो संचालक समितिका संस्थापक अध्यक्ष हिमालय कर्मचार्यले गर । उद्घाटन सत्रमा रेडियो सञ्चाल समितिका अध्यक्ष केदार थापाले रेडियोले हालसम्म गरेका गतिबिधि, भावि कार्ययोजना समेटिएको प्रतिवेदन प्रस्तुत गरे । एक हजार वाट क्षमताबाट प्रशारण भइरहेको नेपालवाणी एफएमको साधारण सभाको उद्घाटन सत्रमा रेडियो विज्ञापनदाता, सहयोगी, कर्मचारीलगायतलाई सम्मान गरेको छ ।
यसैक्रममा रेडियोलाई बिज्ञापन सहित अन्य बिभिन्न क्षेत्रमा सहयोग पुरयाउने गुराँस लाईफ एन्सोरेन्स, माता मनकामना उपचार केन्द्र, जागृति नेपाल र शेर्पा ट्रेड इलामलाई प्रशंसा पत्र प्रदान गरेको छ । यसैगरी रेडियोले रेडियोमा स्थपना कालदेखि कार्यरत कर्मचारी सहित रेडियोको हिसाव किताब राख्दै पारदर्शीतामा जोड दिदैं आउनु भएका लेखा समिति संयोजकलाई पनि कदर पत्र प्रदान गरेको छ ।
सो क्रममा रेडियोको स्थापनाकालदेखि हालसम्म रेडियोमा रही स्टेशन म्यानेजरको भूमिका निर्वाह गर्दै रेडियो अगाडि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका सोमनाथ सुसेली, यस्तै स्थापना कालदेखि रेडियोमा समाचार प्रमुख भएर निरन्तर काम गर्दै आएका समाचार सम्पादक गणेश घिमिरे, समाचार बाचक तथा कार्यक्रम प्रस्तोता गोपाल निरौला, रेडियोमा लोकसंगीतको कार्यक्रम सञ्चालन गर्दै जेष्ठ नागरिकको आवाजलाई रेडियो मार्फत प्रस्फुटन गराउने कार्यक्रम प्रस्तोता देवी गौतम र रेडियो सञ्चालनका लागि हरेक निकाय, व्यक्तिहरुसँग प्रत्यक्ष जनसम्पर्क गर्दै रेडियोको आयलाई माथि उठाउन हरेक माध्यमबाट सक्रिय रुपमा काम गर्दै आएका रेडियोका बजार प्रबन्धक दिपकराज शर्मालाई सम्मान गरेको छ ।
शान्ति सञ्चार सहकारी संस्थाद्धारा सञ्चालन भइरहेको यस रेडियो स्थापना गर्नका लागि शेयर हाल्नुहुने शेयर सदस्यमध्ये चारजना जेष्ठ शेयर सदस्यलाई एक/एकथान रेडियो उपलब्ध गराएको छ । रेडियो पाउनेहरुमा जेष्ठ शेयर सदस्यहरु कुलबहादुर लामा, तोयानाथ भटटराई, बुद्धि श्रेष्ठ र बलराम कोइराला रहेका छन् ।
यसैक्रममा साधारण सभाको उद्घाटन सत्रमा प्रमुख अतिथी हिमालय कर्मचार्यले समाज रुपान्तरणको मुख्य आधार मिडिया रहेको बताए । सुसंस्कृत, सभ्य समाज निर्माणमा रेडियोको निर्णायक भुमिका हुने हुँदा निश्पक्ष र सत्यमा आधारित सुचना, समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिए ।
यसैगरी जिल्ला सहकारी संघकि अध्यक्ष बिष्णु दाहालले सञ्चार माध्यमहरु सुचना प्रबाह गर्न निकै गम्भीर हुनुपर्नेमा जोड दिइन् । यस्तै कार्यक्रम सञ्चालनको क्रममा स्टेशन म्यनेजर सोमनाथ सुसेलीले कोभिड १९ ले रेडियो क्षेत्रमा गम्भीर असर पारेको उल्लेख गरे । कोरोना संक्रमणको बेला पनि अहोरात्र सुचना, सन्देश प्रसारण गर्दै आएको जानकारी समेत गराए ।
यसैक्रममा साधारण सभाको बन्द सत्रमा सञ्चालक समितिका कोषध्यक्ष अर्जुन पोख्रेलले आर्थिक र लेखा समिति संयोजक गोपाल पौडेलले लेखा समितिको प्रतिबेदन प्रस्तुत गरे ।
यता शान्ति सञ्चार सहकारी संस्था र इलाम सामुदायिक सञ्चार केन्द्रद्धारा संचालित रेडियो नेपालवाणी एफएम इलामको नयाँ सञ्चालक समिति चयन भएको छ । संस्थाको साधारण सभा तथा अधिवेशनले सर्बसम्मत रुपमा लक्ष्मण पाण्डेको अध्यक्षतामा ११ सदस्यिय सञ्चालक समिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा लिलाप्रसाद थापा, सचिवमा अर्जुन पोख्रेल र कोषाध्यक्षमा रीता अधिकारी सुबेदीलाई चयन गरेको छ ।
यस्तै सदस्यहरुमा डिल्लि खनाल, बिष्णु मिश्र, हरि सुबेदी, प्रकाश कडरीयाँ, हेमन्त गौतम, बबिता लिङदम र तीर्थ निरौला रहेका छन् । यसैगरी गोपाल पौडयालको संयोजकत्वमा तीन सदस्यीय लेखा समित चयन गरेको छ । जसको सदस्यहरुमा कृष्ण बस्नेत र सरस्वती श्रेष्ठ रहेका छन् ।