इलाम : इलामको देउमाई नगरपालिका ३ सुेर्केस्थित लालीगुराँस बचत समूहको वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष अमृतप्रसाद केरुङको अध्यक्षतामा भएको साधारणसभामा गोमा कट्वालले आर्थिक वर्ष २०७६।०७७ को ३ लाख १६ हजार ७ सय २० रुपैयाँ आय र ३ हजार ४ सय ८० रुपैयाँ व्यय प्रस्तुत भएको थियो । ३ लाख १३ हजार लगानी र २ सय ४० रुपैयाँ कोषको रहेको उल्लेख गरिएको छ ।
कार्यक्रमको संचालन राजु दुधराजले गरेका थिए ।