पाँचथर जिल्ला सहकारी संघको १७ औं साधारणसभा

  नयाँ बुलन्द
7 Shares

पाँचथर : पाँचथर जिल्ला सहकारी संघको १७ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

राष्ट्रिय सहकारी महासंघका केन्द्रिय सदस्य गणेश ढकालको प्रमुख आतित्य तथा संघका जिल्ला अध्यक्ष इन्द्रनारायण ढकालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

सभामा अध्यक्ष ढकालले वार्षिक प्रगति प्रतिवेदन पेश गरेका थिए भने लेखा समिति संयोजक दिलेन्द्र खनालले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सहित लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन माथि व्यापक छलफल पश्चात् आवश्यक संशोधन गरि पारित गरेको छ ।

सभा मार्फत आगामी वर्षको लागि प्रस्तावित कार्यक्रम समेत पास गरेको संघका जिल्ला सहसचिव रामप्रसाद बाँस्कोटाले जानकारी दिए ।

कार्यक्रममा प्रमुख अतिथि ढकाल,जिल्ला समन्वय समिति पाँचथरका सदस्य नरबहादुर गुरुङ,संघका पूर्व अध्यक्ष रेणुप्रसाद ओझा,जिल्ला कृषि सहकारी संघका अध्यक्ष प्रेम ओझा ,जिल्ला चिया सहकारी संघका अध्यक्ष नरेन्द्र आङथुपो र राष्ट्रिय सहकारी बैंक फिदिम शाखाका प्रबन्धक बुदराम बल तामाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार