थुम्केरानीमा पर्यटकको भीड

  लोकेन थेवे  417 पटक हेरिएको

माईजोगमाई  : इलामको माईजोगमाई गाउँपालिको प्याङ थुम्केरानीमा सुर्य उदाएको हेर्न आन्तरिक पर्यटकहरु आउन थालेका छन् ।

१० वर्ष पहिले जङलमा काठ काट्ने आरावालहरुले बिहानीपख सुर्य उदाएको देखेसँगै गाँउघरमा हल्ला चलाएपछि यो ठाँउमा सुर्य उदाएको हेर्न आउन थालेका हुन् ।

यो ठाँउलाई अन्य ठाँउसम्म चिनाउनको लागि ३ वर्षअघि गाउँपालिको पहलमा थुम्केरानी महोत्सव गरेसँगै यसको महत्व र प्रचार भएसँगै थुम्केमा सुर्योदय हेर्न आउनेको सख्या वर्सेनि बढिरहेको स्थानिय धनप्रसाद लिम्बुले बताए ।

हिउँदको आकाश खुलेसँगै कात्तिक १५ देखि उपयुक्त समय भएकोले यति बेला थुम्केरानीमा सुर्योदय हेर्न आउनेको भीड लाग्न थालेको छ । चिसो मौसम भएको धेरैले बिहानीपख सुर्य उदाएको हेरिसकेपछि बनभोज खानेदेखि जन्मदिन मनाउने कार्यक्रम रहेकोले थुम्केरानीमा सुर्योदय हेर्न आउने पर्यटकहरु धेरै आउन थालेको हो ।

माईजोगमाई गाँउपालिकाको प्रमुख पर्यटन थलो भएकोले गाउँपालिकाले यहाँ बस्ने खाने पानी, शौचालयको ब्यवस्ता गरिदिएको छ ।

खुल्ला हरियो चौर र भारतको विभिन्न ठाउँहरुको पनि अवलोकन गर्न सकिने भएकोले पनि अहिले पर्यटकरु दैनिक आउने क्रम बढेको स्थानियहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार