केशर खेती इलाममा विस्तार हुँदै

  नयाँ बुलन्द  181 पटक हेरिएको

 केशर खेती इलाममा विस्तार हुँदै

 इलाम: प्रतिकिलो दश लाख पर्ने उच्च मुल्यको जडिबुटि केशरको परिक्षण उत्पादन पश्चात दोस्रो बर्ष इलाममा यसको टिपाई शुरु भएको छ  । उच्च मुल्यको जडिबुटि  केशर फूल्न थालेपछि इलाममा किसान उत्साहित भएका छन् ।

जौवारी मल्टी परपोज एग्रीकल्चर एण्ड इन्भाइरोमेन्ट सेन्टरले इलामको माइजोगमाई गाउँपालिका ६ को थुम्केडाँडा र जौवारी क्षेत्रमा सामुहिक रुपमा  केशरको खेती शुरु गरी विस्तार गरेको छ । प्रदेश १ का भुमि व्यवस्था कृषि तथा सहकारी राज्यमंत्री राम रानाले उच्च पहाडि क्षेत्रमा केशरको विस्तार गर्न जरुरी भएको बताउनुभयो । उहाँले यो खेति बिस्तार गर्नसकेको खण्डमा गाँउपालिकामा यो खेति हेर्नकै लागि भएपनि पर्यटकहरु आउने र पर्यटन ब्यबसाय समेत फस्टाउने बताउनुभयो ।

उच्च मुल्यको जडिबुटि  केशर फूल्न थालेपछि इलाममा किसान  उत्साहित भएका छन् । लगातारको वर्षात पछि गत सालभन्दा केहि कम केशर फुलेको भएपनि माइजोगमाईको थुम्केडाँडामा केशर फूलेको हेर्न सर्वसाधारणको बाक्लो उपस्थिति रहने गरेको छ । थोरै मात्रामा हिउँ र तुषारो पर्ने एक हजार पाँच सय देखि दुइ हजार पाँच सय मिटको उचाई केशर खेतीका लागि उपयुत्त मानिन्छ । परिक्षणका रुपमा लगाइएको केशर विस्तारमा प्रदेश र स्थानीय सरकारले अनुषन्धान अगाडि बढाउनु पर्ने औल्याइएको छ ।

केशर उत्पादनका लागि धेरै फूलको आवश्यक्ता पर्दछ । फूल भित्रको रातो लुर्का संकलन गरि सुकाएर विक्रि गर्ने गरिन्छ । करिव डेढ लाख सुगन्धित फूलबाट मात्र एक किलो केशर प्राप्त हुने गर्दछ । गत वर्षदेखि तयारी केशरलाई जौबारी मल्टी परपोज एग्रीकल्चर सेन्टरले प्याकेजिङ गरी विक्रि गरेको केशर खेती प्रवद्र्धक बीर बहादुर कटुवालको भनाई छ । कटुवालले भन्नुभयो ,“ भारतको कास्मीरबाट दुइ मन केशरको बीउ ल्याएर थुम्के र जौबारीमा लगाइएको छ । थोरै मात्रामा हिउँ पर्ने र तुषारो पर्ने एक हजार पाँच सय देखि दुइ हजार पाँच सय मिटको उचाई केशर खेतीका लागि उपयुत्त मानिन्छ । परिक्षणका क्रममा गुणस्तरिय केशर उत्पादन भएको छ । ”

औषधीय गुण भएको केशर मसलाको रुपमा समेत प्रयोग गरिन्छ । यसको चिया, जुस, र अन्य पेय पदार्थमा प्रयोग गर्न सकिने भएकाले बजारमा विक्रि गर्न समस्या रहेको छैन । केशरको व्यवसायिक विस्तारका लागि तालिम र अनुषन्धानमुलक कार्यक्रम किसानसम्म पुग्न जरुरी देखिएको छ । अंग्रेजीमा स्याफरोन भनेर चिनीने केशर खेती युरोपबाट शुरु भएपनि नेपालका केहि भुभागमा यसको व्यवसायिक खेतीशुरु भएको छ ।  केशरलाई नशा बलियो बनाउने, मुटु कलेजोको उपचारमा प्रयोग गरिने बताइन्छ । औषधीय गुण भएको केशर मसलाको रुपमा समेत प्रयोग गरिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार