यस वर्षको दशैँ खल्लो

इलाम : कोरोना महामारी र लकडाउनले यस वर्षको दशैँ धेरैका लागि निकै खल्लो भएको छ । संक्रमण बढ्न सक्ने भएकाले आफु जुन अवस्थामा जहाँ बसिएको सोहि ठाउँबाट दशैँ कमाउन सरकारले आग्रह गरेको छ । सोहि कारण पनि दशैँ अगाडी निकै भिडम्भाड हुने इलाममा यसवर्ष बिगत जस्तो चहलपहल छैन ।
नेपालीहरुको महान पर्ब दशै सबैको दैलोमा नै आइसकेको छ । तर धरै जसोको आगन भने रित्तो देखिन्छ । इलामका हाट बजार होस या गाँउघर बिगतको बर्षका जस्तो चहलपहल दैखिदैन । बर्ष दिन भरि कमाएर रमाइलो गरौला भनेर पनि समय दशैलाई नै साचेको हुन्छ भने मान्छेले खसी, बाख्रा पाले पनि वा ब्यापार नै गरेपनि अन्य समयको बचत दशैँलाई भनेर गरेको हुने बुडापाकाहरु बताउछन् ।

कर्मचारी नै किन नहोस अन्य समयमा कमाएको पैसा दशैँमा केही नै वढि खर्च गर्ने मनस्थितीमा रहेको हुन्छ । तर यस वर्ष कोरोनाका कारण भएको लकडाउनका कारण धेरैले सोचे जती त के बिगत वर्ष जती कमाउन पनि सकेनन् । कमाई नै कमी भएपछि स्थानियले खर्च कम नै गरेका कारण बजारमा समेत बिगत वर्ष जती चहलपहल छैन । बिगत ७ महिना अघिदेखीको सटरको भाडा तिर्न नसकेका ब्यापारीहरुले दशैँमा केही होला भनेर सोचेका थिए र तर उनीहरुले सोचेजस्तो नभएको ब्यापारीहरुको गुनाशो छ । तर कोरोना महामारीमा ज्यान बचाउन सके पैसा पछि कमाउने हिम्मतमा समेत ब्यापारी रहेका छन् । उनीहरुले पहिला आफु बच्ने, अरुलाई सतर्कता अपनाउने र पछि कमाउने सोच समेत बनाएका छन् । दशैँ यस वर्ष मात्र हैन अर्को साल पनि आउने भएकाले सतर्क रहनु पर्ने उनीहरुको भनाई छ ।

बजारमा मात्र हैन इलामका गाउँघरमा समेत यसवर्ष चहलपहल नभएको सन्दकपुर गाउँपालिका ३ का नबिन खतिवडाको भनाई छ । बिगतमा बिदेशबाट आएका मानिसहरुसँग भेटघाट हुने, उनीहरुका अनुभव साटासाट हुने भएपनि यसवर्ष बिदेशबाट आएकाहरु समेत होम क्वारेन्टाइनमा रहेका कारण भेट नभएको र गाउँघरमा समेत चहलपहल कम भएको छ ।

यस बर्ष न त गाँउ घरका लिङ्गे पिन नै देखिन्छ त रमाइलो मेला नै । यतिबेला कोरोनाकै महामारी बिच पनि देशका सवै क्षेत्रबाट राज्यलाई सहयोग पुग्ने खालका कामहरु गर्न आवश्यक छ । तर राज्यले पनि जनतालाई दिनुपर्ने सुविधाहरुमा बिचार पुर्याउनै पर्दछ । यो दशै तिहारमा आफु जोगिएर अरुलाई जोगाउनु आम सर्वसाधरणहरुको पनि उत्तिकै दायित्व हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार