हिमाली अर्थतन्त्र : चौरीको चिन्ता

इलाम : हिमाली क्षेत्रको अर्थतन्त्र धानेको चौरी पालन व्यवसाय पछिल्लो समय पूर्वी नेपालमा संकटमा परेको छ । चरन क्षेत्र अभाव, रोगि चौँरीले उपचार नपाउनु, दुग्धजन्य सामाग्रीको बजार नहुनु र वन्यजन्तुको आक्रमण चौरी व्यवसायका मुख्य समस्या हुन् ।  १५ वर्षदेखि चौरी गोठमा रमेका ताप्लेजुङ्गका पुष्प बानिया अहिले पेशा परिवर्तनको योजनामा छन् । हिउँ र झरीको वास्ता नगरी चौरी पालन गरेपनि वर्षदिनमा ४ वटा चौरी वन्यजन्तुको आहार बन्यो । बजार भाउ अनुसार १ लाख ८० हजार पर्ने चौरी भालु, हिउँचितुवा र ब्वाँसोको आहार बनेपछि लेकको दुःख हिउँमा बिलेको स्थानिय पुष्प बानियाले बताए ।

पाँचथरका इन्द्र बहादुर राईलाई गोठका चौरीलाई घाँस जोह गर्नै समस्या रहेको छ । चरन क्षेत्र घट्दै जानु र जंगलमा बिषालु जातका बिरुवा उम्रदा २० वर्षदेखि चौरी पालन गर्दै आउनुभएका राईको गोठमा चौँरी घट्दै गएको बताए ।

हिमालि क्षेत्रको अर्थतन्त्र धानेको चौरी पालन व्यवसायमा सरकारको ध्यान नपुग्दा पूर्वी नेपालमा घट्दो अवस्थामा रहेको छ । राज्यको सुविधा नपुगेको चौरी व्यवसायीमा अहिले वन्यजन्तुबाट हेपिनुका साथै उत्पादित घिउ र छुर्पीको मुल्य छैन । कंचनजंगा भु—परिध क्षेत्रमा पर्ने इलाम, पाँचथर र ताप्लेजुङ्गमा चौरी व्यवसायको संरक्षणका लागि अहिले संरक्षणकर्मीले याक पालक संघ गठन गरेका छन् । कंचनजंगा भु—परिध कार्यक्रम मार्फत गठित व्यवसायीको समुहले आफ्ना समस्या उठान गरि सरकारी निकायमा पु¥याउनेछ ।

चरन क्षेत्र अभाव, रोगि चौँरीले उपचार नपाउनु, दुग्धजन्य सामाग्रीको बजार नहुनु र वन्यजन्तुको आक्रमण चौरी व्यवसायका मुख्य समस्या हुन् । पछिल्लो वर्ष दिनमा मात्रै वन्यजन्तुको आक्रमणबाट ८० वटा चौरी मारिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार