सयपत्री मिडिया ग्रुप प्रवासद्वारा श्रेष्ठलाई साढे ६६ हजार सहयोग

इलाम : सयपत्री मिडिया ग्रुप प्रवास नेपालले पाँचथरको तुम्बेवा गाउँपालिका हाङगुमका विरामी सरस्वती श्रेष्ठलाई आर्थिक सहयोग गरेको छ ।

४ वर्षअघि मेरुदण्ड भाँचिएर आर्थिक अभावमा उपचार नगरी थला परेकी पीडित श्रेष्ठलाई ६६ हजार ५ सय ७८ रुपैयाँ सहयोग गरेको हो ।

बुधबार युटुब च्यानल राम्रो नराम्रो कुरा चौतारी टिभीका श्याम कुलुङमार्फत प्राप्त सहयोग रकम हस्तान्तरण गरिएको हो ।

ग्रुपकी सचिव सरिता राईले जानकारी दिइन् ।

२०७६ सालमा स्थापना भएको सयपत्री मिडिया ग्रुप प्रवास नेपालले विभिन्न कार्यक्रम, संघसंसथा तथा खेलकुद र रेडियोसँग सहकार्य गर्दै दुःखी पीडितहरुलाई सहयोग गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार