माई नगरपालिका २ का क्यान्सर पीडित केरुङलाई आर्थिक सहयोग

माई : ईलामको माई नगरपालिका २ रातेखाडीका क्यान्सर पिडित हरीप्रसाद केरूङलाई प्रवासी ईलामेली जनसम्पर्क मञ्च मलेसियाले आर्थिक सहयोग गरेको छ ।

लामो समदेखि क्यान्सर पीडित भई भरतपुर क्यान्सर अस्पताल चितवनमा उपचार गराईरहेका केरुङको थप उपचारका लागि ईलामेली जनसम्पर्क मञ्च मलेसियाले ६० हजार रुपैयाँ सहयोग गरेको हो ।

संस्थाका सक्रिय सदस्य शुकबहादुर राई/लिपाहाङ खम्बूको सक्रियतामा प्रवास भूमि मलेसियामा रहेका इलामेलीहरुबाट संकलित रकम माई नगरपालिका ६ का समाजसेवी तथा युवा सशक्तीकरण नगर संजालका अध्यक्ष बुद्धराज लिम्बू योङहाङमार्फत विरामीलाई पठाएको हो ।

वडा नम्बर २ का अध्यक्ष खम्बसिं लिम्बूलगायत वडा सदस्य/कर्मचारीहरुको उपस्थितिमा पीडित परिवारलाई रकम हस्तान्तरण गरिएको हो ।

क्यान्सरपीडित केरुङको थप उपचारका लागि काठमाडौं लगिएको छ ।

संस्थाले यसअघि पनि धेरै विरामी र असहायलाई सहयोग गर्दै आएको छ । केरूङलाई प्रवासी ईलामेली जनसम्पर्क मञ्च ‘एउटा उदेश्य सेवा नै धर्म हो’ भन्ने मूल नारासहित इलामेली सक्रिय युवाहरुद्वारा संचालित संस्था हो । सो संस्थाले मलेसिया श्रमिकको हकहित, प्रवासमा अलपत्र परेका इलामेली श्रमिकहरुको उद्धार तथा आर्थिक अवस्था कमजोर भएका पीडित र असहायहरुलाई सहयोग गर्दै आएको छ ।

सहयोगीको नामावली :

राज कुमार चबेगु लिम्बु

लिलानथ फुएल

सुजान लिम्बू

रन्जित राई

जीवन सुनुवार

बिर्ख गुरुङ

नरेद्र राई

निशा लिम्बु श्रेष्ठ

एरजा मनोजरसाइली

टेक मगर

सुनिलकुमार यादव

प्रवास मलेसिया इलामेली जनसम्पर्क समाज अध्यक्ष : योगेन मिघिरे

सचिव : डिबि खत्री

अभियानता : सुकबहादुर राई/लिपाहाङ खम्बु

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार