हर्कटेमा आयोजित कार्यक्रममा ७० जनाले गरे रक्तदान


रोङ : कोभिड १९ का कारण रगतको चरम अभाव भइरहेको बेला नेपाल रेडक्रस सोसाइटी उपशाखा कन्यामको आयोजना र होप अफ सक्सेस हर्कटे ग्रुपको सहआयोजनामा सोमबार रक्तदान कार्यक्रम भएको छ ।

सूर्योदय नगरपालिका ६ स्थित हर्कटे बजारमा उक्त रक्तदान कार्यक्रम भएको हो । कार्यक्रममा रोङ गाउँपालिका र सूर्योदय नगरपालिकाका ७० जनाले रक्तदान गरेका छन् ।
विषम् परिस्थितिमा समेत रगतको अभाव हुन नदिनका लागि रक्तदान कार्यक्रम गरेको उपशाखाका सभापति वेदप्रसाद गिरीले जानकारी दिए ।

उपशाखा सभापति गिरीले व्यानर वाचन गरेर उद्घाटन गरेको कार्यक्रममा उपशाखाका पूर्व सचिव टिकाराम अधिकारीले रक्तदान सुरू गरेका थिए ।

कार्यक्रममा उपशाखाको सभापति, उपसभापति, सचिव, कोषाध्यक्ष, पूर्वसचिव, आजीवन सदस्यलगायत छिमेकी उपशाखा फिक्कलका कोषाध्यक्षको समेत उपस्थिति रहेको थियो । स्थानीय मेगा बैंक हर्कटेका कर्मचारीहरूले समेत रक्तदान गरेका थिए ।

नेपाल रेडक्रस सोसाइटी भद्रपुर झापा शाखाबाट आएको टोलीले उक्त रगत ब्लड बैंक विर्तामोडमा जम्मा गर्न लगेको उपशाखाका सञ्चालक समितिका सदस्य भूपाल खड्काले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार