इलाम : इलाममा एक बृद्ध मृत फेला परेका छन् ।
चुलाचुली ५ स्थित रतुवा खोलामा मृतअवस्थामा वृद्धको शव फेला परेको हो । खोलाको ढुंगामा अड्किरहेको अवस्थामा वृद्धको शव फेला परेको प्रहरीले जनाएको छ ।
मृत व्यक्तीको परिचय खुल्न नसकेको र अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।
















































