सन्दिप सुब्बाको दाई….भाउजु….भेटियो….(सार्वजजिक)

तेह्रथुम,
कलाकार सन्दीप सुब्बा बिगत केही बर्षयता कलाकारिता क्षेत्रमा निकै सकृय छन् । उनको निर्देशनमा तयार भएको सर्टमुभी(लघु चलचित्र) ‘दाई…. भाउजु….. भेटियो’ भर्खरै सार्वजनिक भएको छ ।

लिम्बु समुदायको सामाजिक परिवेशलाई समेटेर तयार पारिएको ‘दाई भाउजु भेटियो’ लघु चलचित्र युट्युव च्यालन मार्फत सार्वजनिक गरिएको हो । नेपालको सुदुरपुर्वी तथा पर्यटकिय क्षेत्र ईलाममा छाँयाङकन गरिएको सर्टमुभी(लघु चलचित्र)को पर्दाभित्र सुजा सुनुवार, सन्दिप लिम्वु, मनोज लिम्वु, गोमा योङहाङ, रेश्मा योङहाङ लगायतलाई कलाकारको रुपमा देख्न सकिन्छ ।

सर्टमुभीको कथा आर.बि. मगरले लेखेका हुन् भने नरेश अविरलले भिडियो छायाँङकन साथै सम्पादन गरेका हुन् । सर्टमुभीमा बैसालु मनको प्रमिल भाव तथा लिम्बुजातीको ठट्याउलोपनलाई मुख्य विषयवस्तु बनाईएको छ ।

भिडियो पनि छ……

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार