झापा : विभिन्न सामाजिक गतिविधिहरू गर्दै आइरहेको मेची अभियानलाई थप एक लाख सहयोग प्राप्त भएको छ । हङ्कङ नेप्लिज मोबाइल फोटोग्राफीद्वारा शिवसताक्षी नगरपालिकामा बाढी पिडित बनेकी एकल महिला तारा शेर्माको घर निर्माणका लागि सो रकम मेची अभियानलाई प्रदान गरेको हो ।
आइतबार एक कार्यक्रमकाबीच हङ्कङ नेप्लिजको तर्फबाट हरप्रहरन्यूका प्रतिनिधि समेत रहेकी संचारकर्मी भूमिका सुब्बा फियाकले अभियानका संयोजक विजय डालमियालाई १ लाखको चेक हस्तान्तरण गरेकी हुन् ।
हङ्कङ नेप्लिज मोबाइल फोटोग्राफी एक फेसबुकको समूह हो । जहाँ देश तथा बिदेशमा रहेका विभिन्न व्यक्तिहरुलाई मोबाईल फोटोग्राफी मार्फत एक ठाउँमा जोड्ने उदेश्यले खोलिएको समूह हो । त्यहि समुहमा हरप्रहरकर्मी भूमिका सुब्बाले शेर्माको घरसँग सम्बन्धित फोटो पोस्ट गरेपछि यो समूह सहयोगको लागि अभियानसँग जोडिएको हो ।
बिदेशी भूमिमा रहेर पनि आफ्नो देशको यो बिपत्तिमा आफ्नो समुहको तर्फबाट सहयोग गर्न पाउँदा आफु अन्त्यन्तै खुसि भएको समुहका एड्मिन मध्येका एक अनिल कुमार गुरूङ बताउँछन् ।
गत असार १२ गते कनकाई नदीको बाढीले घर बगाएपछि अढाई वर्षको एक छोरा, ५ र ७ वर्षका दुई छोरीलाई लिएर शिवसताक्षी–१० की तारा शेर्मा रेडक्रसले दिएको त्रिपालमा खोला किनारमा असुरक्षितरूपमा बस्दै आएकी थिइन् छिन् ।
एक बर्ष अघि श्रीमान गुमाएकी ताराको बारेमा समाचार सञ्चारमाध्यममा आएपछि मेची अभियानको उनको लागि पक्कि घर बनाइदिने भएको हो । त्यसको लागि शिवसताक्षी नगरपालिकाले शेर्माको स्थायी पुर्नस्थापनाका लागि जनता आवास कार्यक्रम क्षेत्रमा जग्गा दिने निणर्य गरेपछि शेर्माको घरबन्ने भएको छ र घरको शिलान्यास पनि भएको छ ।
घर निर्माणको कार्य सुरु भैसकेको बताउदै यो अभियानमा सहयोग गर्ने हंगकंग नेप्लिज मोबाइल फोटोग्राफीलाई संयोजक डालमियाले धन्यबाद दिए । तिहार अगाडी शेर्मालाई घर भित्राउने उदेश्य रहेको र यस् अभियानलाई साथ र सहयोग पुर्याउन पनि उनले सम्पूर्णलाई आग्रह गरेका छन् ।
कार्यक्रममा कार्यक्रममा नगरपालिका प्रमुख बिमल आचार्य, नगरपालिकाका बरिस्ठ प्रशासकीय अधिकृत अनन्त वस्ती,नेपाल पत्रकार महासंघ झापाका महासचिब सन्तोष आचार्य,पुर्ब केन्द्रीय सदस्य मोहन काजी न्यौपाने,प्रेस चौतारीका अध्यक्ष मुक्ति पौडेल ,अन्नपुर्ण पोस्ट दैनिककी सम्बाददाता राधा खनाल, रेडियो साथीका कार्यकारी प्रमुख ज्ञानेन्द्र निरौला ,जन संसद दैनिकका अध्यक्ष केसव राज पाण्डे लगायत अन्य पत्रकारहरुको उपस्थिति थियो ।