दाहसंस्कारमा गएका मलामीलाई खोला तर्न धौधौ (फोटो फिचर)

  युद्धबहादुर बोहोरा
35 Shares

इलाम : इलामको फाकफोकथुम गाउँपालिका वडा नम्बर १, खाम्बाङ्ग र ठिंगेपुर पुछार फाकफोक/सटके खोलाको दोभानमा रहेको सोमबारे घाटमा सोमबार दाहसंस्कार गर्न गएका मलामीलाई खोला तर्न धौधौ परेको छ ।

खाम्बाङ्ग निवासी ९४ वर्षिय डम्बर कुमारी बोहोरा (जेठी मुखिनी) को निधन भएपछि हिन्दु संस्कार अनुसार दाहसंस्कारको लागि उक्त घाटमा लगिएको थियो ।

अघिल्लो दिनदेखि लगातार परेको अविरल वर्षातका कारण सटके खोलामा आएको भीषण बाढीले शव लिएर गएका स्थानीय वारि र पारी विभाजन हुनु परेको स्थानीय भवानीप्रसाद भट्टराईले बताए ।

घाटको माथिल्लो क्षेत्रमा व्यवस्थित पुल नहुँदा वर्षातमा जोखिम हुने यस ठाँउका बासिन्दाको गुनासो छ । बाढीले बर्सेनि स्थानीयले बनाएको अस्थायी पुल बगाउँदा घण्टौं समय हिँडेर बैकल्पिक मार्गबाट फर्कनु परेको उनिहरु बताउँछन् ।

गत महिना सो खोलामा दाहसंस्कार गर्दै गर्दा बाढीले शव र एक बालकलाई एकै दिन बगाएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार