जोगमाई खोलाको पुल उद्घाटन

  नयाँ बुलन्द
0 Shares

इलाम : इलामको माईजोगमाई गाउँपालिका-२ को जोगमाई खोलामा निर्मित पक्की पुलको उद्घाटन गरिएको छ ।

प्रदेश १ का भूमि व्यवस्था तथा कृषि सहकारी राज्यमन्त्री रामबहादुर मगरले विहीबार एक  विषेश कार्यक्रममा पुलको उद्घाटन गरे ।

माईजोगमाई गाउँपालिकाका अध्यक्ष जितबहादुर राईको अध्यक्षतामा भएको कार्यक्रममा राज्यमन्त्री मगरसहित प्रदेशसभा सदस्य खिनु लिङ्वा लिम्बु, सुर्येदय नगरपालिकाका प्रमुख रणबहादुर राई लगायतको उपस्थिति थियो ।

१६ मिटर लामो पक्की पुल २ करोड ६७ लाख लागतमा निर्माण गरिएको हो ।

पक्की पुलको निर्माणसँगै वर्षौंदेखि जोगमाई खोलाका कारण बाह्रै महिना गाडी चल्न नसक्ने र स्थानीयवासीले लामो समयदेखी आवतजावतमा भोग्दै आएको समस्या टरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार