सुनको मूल्य तोलामा ९० हजार ६ सय पुग्यो

  नयाँ बुलन्द
0 Shares

काठमाडौं : सुन चाँदीको भाउ उकालो लागेर उचाईको नयाँ रेकर्ड कायह हुने क्रम आइतबार पनि जारी रह्यो । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यस दिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ७ सयले बढेर ९० हजार ६ सयको नयाँ उचाई कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार १ सयले उकालो लागेर ८९ हजार ९ सय कायम भएको थियो । चाँदीको भाउ पनि १० रुपैयाँले उकालो लागेर ९ सय ४० कायम भएको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा यतिखेर सुन प्रति औंन्स १७ सय ५३ डलर हाराहारीमा कारोबार भैरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार