
इलाम :सूर्या लाइफ इन्स्योरेन्स इलाम शाखाले इलाम अस्पताललाई KN95 मास्क प्रदान गरेको छ। कोबिड १९ को माहामारीका बेला अग्रपंतीमा रहेर काम गर्ने स्वास्थकर्मीहरुको शुरक्षालाई मध्यनजर गर्दै इलाम अस्पतालको इमरजेन्सी बिभागमा कार्यरत सबै स्वास्थ्यकर्मीलाई गुणस्तरीय मास्क बितरण गरिएको सूर्या लाइफ इन्स्योरेन्स इलामका लक्ष्मी मिश्रले जानकारी दिए ।
मास्क बितरण कार्यक्रममा बोल्दै इलाम अस्पतालका मेडिकल सुपरिटेन्ड डाक्टर प्रभु शाहले सूर्या लाइफको सहयोग प्रति आभार प्रकट गर्दै आगामि दिनमा समेत अस्पतालले रचनात्मक सहयोगको अपेक्षा गर्ने बताए। कार्यक्रममा इलाम अस्पतालका इमर्जेन्सी बिभाग प्रमुख टिका लुईटेल लगायतले बाेलेका थिए।


















































