माङसेबुङमा युनिसेफ खानेपानी योजना मर्मत सुरु

  नयाँ बुलन्द
0 Shares

माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका २ मा विगत लामो समयदेखि संचालित युनिसेफ खानेपानी योजनाको मर्मत कार्य सुरु भएको छ ।

माङसेबुङ गाउँपालिका २ र ३ को सिमानामा रहेको तामाखोला मुहानबाट माङसेबुङ २ को साविक इभाङ १, २ र ३ मा संचालित योजना मर्मत सुरु भएको हो ।

पुरानो योजना जीर्ण भएर खानेपानीमा समस्या भएपछि गाउँपालिकासँग योजना माग गरी योजना मर्मत सुरु गरिएको उपभोक्ता समितिका अध्यक्ष तिलकबहादुर कार्कीले जानकारी दिए ।

यो खानेपानी योजना मर्मतका लागि चालू आर्थिक वर्ष २०७६/७७ को वार्षिक नीति, कार्यक्रम तथा बजेटबाट गाउँपालिकाले १४ लाख ५५ हजार रुपैयाँ विनियोजन गरेको थियो ।

सो बजेटबाट दुई स्थानमा रजर्भ ट्याङ्की निर्माण गरिने र २ किलोमिटर पाइपलाइन मर्मत गरिने उपभोक्ता समितिका अध्यक्ष कार्कीले नयाँ बुलन्दलाई जानकारी दिए ।

कार्कीका अनुसार योजना अन्तरगत माङसेबुङ गाउँपालिका २ नम्बर वडा कार्यालय नजिकै एउटा ४० हजार लिटर क्षमताको र अर्को साविक इभाङ २ र ३ को सीमानमा २५ हजार लिटर क्षमताको रिजर्भ ट्याङकी निर्माण गरिनेछ । त्यस्तै विभिन्न स्थानमा टुटफूट भएका पाइपलाइनको समेत मर्मत र आवश्यकता अनुसार विस्तार समेत गरिन्छ ।

सो योजना मर्मतपछि त्यहाँका करिब २ सय बढी घरधुरी लाभान्वित हुनेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार