डोलटार खेलमैदान उपभोक्ता समितिका अध्यक्षमा योङहाङ

माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका २ स्थित डोलटार खेलमैदान उस्तरोन्नती उपभोक्ता समितिका अध्यक्षमा हरीचन्द्र योङहाङ चयन भएका छन् ।

विहीबार डोलटार खैलमैदानमा भएको भेलाले योङहाङको अध्यक्षतामा ११ सदस्यीय उपभोक्ता समिति गठन गरेको हो ।

समितिका उपाध्यक्षमा दिपेन्द्र राई, सचिवमा मैतबहादुर राई, सहसचिवमा मनिका राई र कोषाध्यक्षमा मीरा लिम्बू (राई) चयन भएका छन् ।

सदस्यहरुमा पंचकुमारी राई, भक्तकुमार राई, शैतबहादुर राई, लैनबहादुर बस्नेत, अतित योङहाङ र सकिला राई चयन भएका छन् ।

भेला वडा अध्यक्ष पुष्पराज कार्कीको अध्यक्षतामा भएको थियो ।

सो खेलमैदान स्तरोन्नतिका लागि प्रदेश १ सरकारबाट २० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार