इलाम : बुबाको हत्या गरि फरार रहेकी शुस्मा राईलाई प्रहरीले पक्राउ गरेको छ ।
५२ वर्षिय बुबा फुलबहादुरलाई गएराती हत्या गरि फरार रहेकी छोरीलाई नजिकैको जंगलबाट प्रहरीले पक्राउ गरेको हो ।
इलाम सन्दकपुर गाउँपालिका वडा नम्वर ३ स्थायी घर भई माइत देउमाई नगरपालिका ६ शान्तीडाँडामा बसोबास गर्दै आएकी शुस्माले घरायसी निहुमा बुबालाई हत्या गरेको बताइएको छ । शुष्माले बुबालाई टाउकोमा बन्चरो प्रहार गरी हत्या गरेर फरार रहेकी थिइन् ।
जिल्ला प्रहरी कार्यालय इलाम र इलाका प्रहरी कार्यालय मंगलवाको सम्युक्त टोलीले खोज तथा अनुसन्धान गरि आज नै शुस्मालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।
उनका अनुसार घटना स्थलबाट दक्षिण तर्फको जंगलमा लुकेर बसेकी उनलाई प्रहरीले पक्राउ गरको छ । उनको साथबाट बन्चरो समेत नियन्त्रणमा लिइएको छ ।
शुस्मालाई जिल्ला प्रहरी कार्यालय इलामबाट कर्तब्य ज्यान मुद्दामा अनुसन्धान भईरहेको छ ।
यो पनि पढ्नुहोस् :
इलाममा छोरीद्वारा बुबाको हत्या !
भिडियो हेर्नुहोस् :